कुश्मा नगरपालिकाका मनकारी मेयर : घर–घरमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गर्दै

२७ भदौ, पर्वत । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले गाउँ घरमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेका छन । तीज पर्वको अवसरमा नेपाली कांग्रेस कुश्मा नगर कमिटिको तर्फबाट जेष्ठ नगारिक सम्मान गर्ने कार्यक्रम राखेका नगरप्रमुख जोशीले कार्यक्रममा उपस्थित हुन नसकेकाहरुलाई घर घरमै पुगेर सम्मान गरेका हुन । उनी नेपाली कांग्रेस कुश्मा नगर कमिटिका सभापति समेत हुन ।

सम्मान गर्ने शिलशिलामा जोशी कुश्मा नगरपालिका ३ दुर्लुङका पुगेर जेष्ठ नागरिकलाई सम्मान गरे । आफ्नो घर मै नगरप्रमुख पाएपछि खुशीले दंग परेका जेष्ठ नागरिकसंग जोशीले भने –‘बुवाको चिरआयूको कामना गरेको छु’ ।

जेष्ठ नागरिक प्रेरणाका स्रोत भएकोले उनीहरुकोे प्रेरणा संधै ग्रहण गरिरहने बताउँदै जोशीले जेष्ठ नागरिकहरु इतिहासका खुल्ला किताव रहेको बताए । दुर्लुङमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाई जस्ता समस्या समाधानका लागि नगरपालिकाले सहयोग गर्दै जाने पनि नगरप्रमुख जोशीले सो अवसरमा जेष्ठ नागरिकहरुलाई आशस्त पारे ।

सम्मान पाएपछि जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् । दुर्लुङको सल्यानका वाटुली सर्किनी, टिकाराम पाध्या, धनपती पाध्या र नारायणदत्त रिजाललाई सम्मान गरिएको छ । उनीहरु सवै ९० वर्षमाथीका जेष्ठ नागरिक हुन ।

आफूले नगरपालिकाबाट पाउने सेवा सुविधा जनताकै लागि खर्च गर्र्ने उद्घोष गरेका नरप्रमुख जोशीले ब्यक्तिगत खर्चबाट सामाजिक सेवाका विभिन्न कामहरु गर्दै आइरहेका छन । जनताको हितमा ब्यक्तिगत खर्च गर्ने उद्घोष गरेसंगै जोशीलाई सञ्चार माध्यमहरुले मनकारी मेयरको संज्ञा दिदै आइरहेका छन ।

  • prabhu-bank-sept26.gif