गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियू कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भुषाललाई

२३ भदौ, पर्वत । जिल्लाको सदरमुकाममा रहेको गुप्तेश्वर बहुमुखी क्यामपसको स्वतन्त्र विद्यार्थी यूनिएनमा उपाध्यक्ष इश्वर भुषालले पूर्ण अधिकार सहितको कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका छन ।

स्वतन्त्र विद्यार्थी यूनिएको भदौ १४ गते बसेको वैठकले अध्यक्षले प्रयोग गर्ने सम्पूर्ण अधिकार सहित वर्तमान समितिका उपाध्यक्ष भुषाललाई कार्यवहाकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

भुषालले तत्कालीन नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनिएन (अनेरास्ववियू) को तर्फबाट यूनिएनमा निर्विरोध निर्वाचित भएका थिए । वर्तमान समितिका अध्यक्ष शिशिर क्षेत्रीलाई नैतिक पतन देखिने गरी फौजदारी अभियोग प्रमाणित भएको भन्दै विद्यार्थी संगठनको वैठकले कार्यवहाक अध्यक्षको रुपमा भूषाललाई जिम्मेवारी प्रदान गरेको हो ।

अध्यक्ष नियमित रुपमा क्याम्पसमा उपस्थित नहुँदा संगठनका दैनिक कार्य सञ्चालनमा समस्या देखिएको थियो । अध्यक्ष क्षेत्री नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट स्ववियू अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । उनको अनुपस्थितीले संगठनका आधारभूत र अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्न समस्या परेकोले संगठनका उपाध्यक्षलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको जानकारी संगठनले क्याम्पस प्रशासनलाई समेत पेश गरीसकेको छ ।

  • prabhu-bank-sept26.gif