जनताको चर्को विरोध पछि गत बर्ष लगाएको कृषि करको रकम फलेवास नगरपालिकाले उठाउन सकेन

५ भदौ, पर्वत । पर्वतको फलेवास नगरपालिकाले तेईस प्रकारका कृषि जन्य बस्तुमा कर लगाउने निर्णय गरेको थियो । नगर सभाले नगरपालिका भित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषि सम्वन्धी उत्पादन तथा सेवाहरुमा कर लगाउने निर्णय गरेको हो । नगर भित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा कर लिने व्यवस्था गरिएको थियो ।

गत बर्ष नगरपालिकाले पत्रिकाहरुमा पटक पटक सुचना प्रकाशित गरेर जनतासंग कर लगाउने घोषणा ग¥यो । सञ्चार माध्यममा कृषि जस्तो क्षेत्रमा कर लगाउने विषयमा समाचार आएसंगै स्थानीयले त्यसको चर्को विरोध गरे । स्थानीयको विरोधसंगै गत बर्ष नगरपालिकाले कृषि कर लिन उठाउन सकेन ।

ग्रामीण क्षेत्रलाई समेटेर बनाएको नगरपालिकाको आर्थिक समृद्धिका लागि तेईस प्रकारका कृषिजन्य बस्तु तथा गैरकाष्ठ बन पैदावार, खोलानालामा माछा मार्ने, बस्तुभाऊ निकासी पैठारी गर्नेहरुबाट कर उठाउने निर्णय गरिएको थियो । नगरपालिका भित्र उत्पादन हुने कृषि जन्य बस्तुहरुको परिमाणलाई आँकलन गरी प्रत्येक कृषि जन्य उत्पादनको फरक फरक दररेट समेत कायम गरिएको छ । न्यूनतम प्रतिकेजी एक रुपैयादेखि १ सय रुपैया सम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेण्डर आव्हान गरिएको थियो ।

नगरपालिकाको कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीहरुको तबल भत्ता तथा नगर भित्रकै वडाहरुमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपले संचालन गर्ने उद्धेश्यले पहिलोपटक मितव्ययि रुपमा कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माले बताएका थिए । यद्यपि जनस्तरबाट चर्को विरोध हुन थालेपछि नगरपालिकाले उक्त कर उठाउन सकेन ।

सुन्तला तथा अमिलो जातका बस्त, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासी वापत कर लगाईएको थियो । त्यसैगरी खसी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर, मा पनि कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीहरुको तबल भत्ता तथा नगर भित्रकै वडाहरुमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपले संचालन गर्ने उद्धेश्यले पहिलोपटक मितव्ययि रुपमा कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माले बताएका थिए ।

सुन्तला तथा अमिलो जातका बस्तु, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासी वापत नगरपालिकाले कर लगाइएको छ । त्यसैगरी खसरी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर, माछा, केरा तथा अन्य फलफुलहरुमा नगरपालिका भन्दा बाहिर निकासी गरेवापत कृषकले वा ब्यापारीले नगरपालिकालाई कर तिर्नुपर्ने ब्यवस्था गरिएको छ ।

नगर भित्र उत्पादित बस्तु निकासीका लागि मुख्य तीनवटा नाकाबाट कर संकलन गर्नका लागि टेण्डर समेत आव्हान गरिएका थियो । सदरमुकाम कुश्माबसँग जोडिने फलेवास नगरपालिका वडा नं ४ मुडिकुवामा रहेको अग्लो झोलुङ्गे पुल, दोविल्ला फलेवास सडक अन्तर्गत मल्याङ्गदी खोला पुल र स्याङ्जा र कुश्मा नगरपालिकासँग जोडिने अर्के नाका फलेवास नगरपालिका १ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको थियो ।

पछिल्लो समय स्थानीय तहहरुले निकै फराकिलो बनाउँदै करका दायराहरुलाई बृद्धि गरसंगै करको चौतर्फी विरोध भईरहेको छ । फलेवासका प्रमुख शर्माले आफू जनप्रतिनिधिको रुपमा आएसंगै जनतासंगको छलफल विना नै कृषि करको घोषणा गरेका कारण कर उठन नसकेको नगरपालिका कर्मचारीहरु बताउँछन ।

जनस्तरबाट चर्को दबाब र विरोध भएसंगै टेण्डर आब्हान गरी कर उठाउन खोजिए पनि कर उठाउन कसैले पनि टेण्डर दर्ता गरेका थिएनन । यो संगै फलेवासमा कर नीति नै संकटमा परेको स्थानीयको भनाई छ । गत बर्ष टेण्डर मार्फत कर उठाउने तयारी गरेको नगरपालिकामा जनताको विरोधसंगै कसैले पनि टेण्डर दर्ता नगराएपछि कर संकलन कार्य अवरुद्ध बन्यो । चालु आर्थिक बर्षमा भने नगरपालिकाले हालसम्म कर उठाउनका लागि टेण्डर आब्हान गरेको छैन ।