भदौ २ गते कुश्मामा सांगेतिक साँझ हुने, शिव परियार र बद्री पंगेनीको विशेष प्रस्तुती रहने

२४ साउन, पर्वत । आगामी भदौ २ गते पर्वतको कुश्मामा सांगेतिक साँझको आयोजना गरिएको छ । अनलाइन मिडिया सञ्चालन गरीरहेको आर वि मिडिया प्रालिले उक्त कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले सुचना केन्द्र डटकमले आफ्नो बार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा समकालीन आधुनिक विद्यामा सर्वाधिक रुचाइएका गायक शिव परियार लोक गायक बद्री पंगेनीको विशेष प्रस्तुती रहने सुचना केन्द्र डटकमका प्रवन्ध निर्देशक वैगुण्ठ गिरीले जानकारी दिए । कार्यक्रममा सम्झना भण्डारी र कृष्ण अखेलीले समेत गीत गाउनेछन । भण्डारी र अखेलीले लोक गीत प्रस्तुत गर्नेछन ।

कम्पनीले सञ्चालन गरेको सुचनाकेन्द्र डटकमको पाँचौ बर्षगाँठको अवसरमा उक्त कार्यक्रमका आयोजना गरिएको गिरीको भनाई छ ।

कुश्माको सिद्देश्वर चलचित्र भवनमा कार्यक्रमका आयोजना गरिएको छ । उक्त अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिने गिरीले बताए । मनोरञ्जनसंगै पत्रकारिता क्षेत्रको सम्मान होस भनेर कार्यक्रमको आयोजना गरिएको गिरीको भनाई छ ।

कार्यक्रमबाट संकलन भएको रकम आगामी दिनमा पत्रकारिता क्षेत्रको प्रवद्र्धनमा खर्च गरिने उनले बताए ।