घरबाटै हराएका शिक्षक ६ दिन पछि कुश्माको अल्पेश्वर गुफामा यस्तो अवस्थामा भेटिए…

२३ साउन, पर्वत । कुश्मा नगरपालिका ९ घर भई पर्वतकै मोदी गाउँपालिका ६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ बर्षिय शिवप्रसाद पौडेल अलपेश्वर गुफा भित्र मृत भेटिएका छन ।

कुस्मा नगरपालिका वडा नं ९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा बुधबार दिउँसो छ दिन पछि प्रअ पौडेल मृत भेटिएका हुन । बिहान पुजा पाठ गर्न भनि मन्दिर गएका पौडेल साउन १८ गते शुक्रबार विहानदेखि बेपत्ता भएका थिए ।

अलपेश्वर गुफा भित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृतक पौडेलको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । करिव ३८ बर्ष शिक्षण गरेका पौडेल १७ बर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गर्दै आएका थिए ।

मृतक पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रो संग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको लेखेका थिए ।

  • prabhu-bank-sept26.gif