मनकारी मेयर : राज्यबाट पाउने सुविधाको रकम जनताकै लागि खर्च गर्दै

१५ साउन, पर्वत । कुश्मा नगरपालिकाका नगर प्रमुख (मेयर) रामचन्द्र जोशीले आफूले मेयरको हैसियतमा राज्यबाट प्राप्त गर्ने सवै रकम सामाजीक क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन ।

मेयर जोशीले आफू पैसाका लागि नभई जनताको सेवा गर्ने अभिप्रायले राजनीतिमा लागेको भन्दै नगरप्रमुखको हैसियतका सवै सुविधाहरु सामाजिक क्षेत्रमा खर्च गर्ने उद्घोष गरेका ।

नगरप्रमुख जोशीले मासिक रुपमा नगरपालिकाबाट प्राप्त गर्ने पारिश्रमिक र भत्ता वापतको रकमले आफ्नो वेग्लै ट्रस्ट बनाउने बताए ।

उनले ट्रस्ट मार्फत विपन्न, महिला, दलित र सामाजिक बञ्चितिरकणमा परेका समुदायलाई आर्थिक र भौतिक सहयोग गर्ने तयारी गरेका छन । अर्थ वीट साप्ताहिकमा खबर छ ।