अपडेट : बस र माइक्रो ठोकिदा घाइते हुनेको संंख्या १७, आठ जना पोखरा रिफर

१४ साउन, पर्वत । पोखरा–बागलुङ सडक खण्डको कुश्मा नगरपालिका वडा न २ सहस्रधारामा बस र जीप एक आपसमा ठोकिदा १७ यात्रु घाइते भएका छन ।

कुश्मा देखि बागलुङ जाँदै गरेको ग १ ख ६४०४ नम्बरको बस र बागलुङ बाट पोखरा जाँदै गरेको ग १ ज ६३०२ नम्बरको जीप एक आपसमा ठोक्किदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते मध्ये ८ जनालाई पोखरा मणिपाल हस्टिपलमा बागलुङ जिल्ला अस्पतालले रिफर गरेको छ भने एक जनाको अञ्चल अस्पताल बागलुङमा उपचार भईरहेको छ । दुर्घटनामा घाइते मध्ये ८ जनालाई भने उपचार पछि घर पठाइएको छ । दुर्घटनामा घाइतेहरुको अवस्था भने सामान्य रहेको प्रहरीको भनाई छ ।

दुर्घटनामा पोखरा लेखनाथ महानगरपालिका १३ का नित्यानन्द गौतम, सोहि स्थानका कृष्णराज गौतम, सोमनाथ तिमिल्सीना, मधुमाया तिमिल्सीना, विष्णुमाया गौतम, विष्णु कुमारी गुरुङ, सिता गौतम र नविन विश्वकर्मा रहेका छन । उनीहरुलाई थप उपचारका लागि पोखरा लगिएको छ । विश्वकर्मा वसका चालक हुन ।