पर्वतको शालिजा तथा लेखफांटमा युवा संघ नेपाल र वाईसीएल को भेला सम्पन्न

१३ साउन, पर्वत । जलजला गाउंपालीका वार्ड नं. ५ र ६ शालिजा तथा लेखफांटमा युवा संघ नेपाल र वाईसीएलको संयुक्त भेला सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै युवा संघ नेपालका केन्द्रिय सचिव सन्तोष रावलले युवाहरु अनुशासित र जिम्मेवार भएर नव नेपाल निर्माण अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

उहांले लामो सयमदेखिको नेपाली जनताको स्थीर सरकारको प्रतिक्षा समाप्त भएको भन्दै नेपालको समृद्धि र समानता सहितको समाज निर्माण गर्ने अभियान कम्यूनिष्ट सरकारले मात्र पुरा गर्ने भनाई राख्नु भयो । कार्यक्रममा नेकपा नेता यज्ञ सुवेदीले स्थानीय विकास निर्माणका काममा कम्यूनिष्ट कार्यकर्ताहरु पारदर्शि भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

भेलामा म्याग्दी नेकपाका नेता चन्द्र के.शी., नेकपा पर्वतका नेता तुङ्गनाथ पौडेल, लेखफांटका वार्ड अध्यक्ष तिलक जि.सी., होम बहादुर फकामी, युवा नेता विकास गिरी तथा कृष्ण पौडेल लगायतले बोल्नु भएको थियो ।

भेलाले आगामी भाद्रमा युवाहरुलाई राजनैतिक र वैचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेगरि योजना बनाएको विकास गिरीले जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन पूर्ख पुर्जाले र अध्यक्षता दिपक खोर्जाले गर्नुभएको थियो ।

  • prabhu-bank-sept26.gif