मकाउमा पर्वतका एक युवाको मृत्यु

५ साउन, पर्वत । रोजगारीका लागि मकाउ पुगेका पर्वतका एक युवाको शनिबार बिहान मृत्यु भएको छ ।
पर्वत स्थायी घर भै काठमाण्डौ बस्दै आएका ४७ बर्षिय खिमनारायण तिमिल्सीनाको शनिबार बिहान ७ बजे मृत्यु भएको हो । मृतकको घर पर्वतको कुन ठाउँ हो भन्ने खुल्न सकेको छैन ।
बिगत ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहेका तिमिल्सीनाको ड्युटीका क्रममा बिहान स्थानिय समय अनुसार ७ बजे मृत्यु भएको थियो । काम गर्ने क्रममा चर्पीमा पुगेका तिमिल्सीनाको मुखबाट रगत बान्ता गरेको अवस्थामा मृत भेटिएका थिए । मृतकको शब स्थानिय सान्पेन अस्पतालमा राखिएको छ ।
घटनाका बारेमा मकाउ समेत हेर्ने हङ्गकङ्ग महाबाणिज्य दुताबासमा सम्पर्क गरि महाबाणिज्यदुत कमलप्रसाद भट्टराई कुराकानी भैरहेको मकाउबाट गंगा राईले जानकारी दिए । मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने तथा शब ब्यबस्थापनका लागि त्यहाँ रहेका बिभिन्न संघसंस्थाहरु पहल गरिरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन । नेपाली जनसम्र्पक समितिले पहल गरिरहेको आफ्नो फेसबुक पेज मकाउ न्युज डककम मार्फत जानकारी गराएको छ।