बलात्कारका आरोपीलाई जिल्ला अदालत पर्वतको फैसला, ८ बर्ष कैद

२१ असार, पर्वत । पर्वत जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका युवालाई ८ बर्ष कैद सजाय र २५ हजार रुपैँया क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।

म्याग्दीको धौलागिरि गाउँपालिका ५ मल्कवाङ घर भई पर्वत कुशमा नगरपालिका १ सहस्रधारा बस्ने २६ वर्षीय अनिल विकलाई असार १७ गते पर्वत जिल्ला अदालतका जिल्ला न्यायधीश धु्रबप्रसाद सापकोटाको इजलासले उक्त सजाय सुनाएको स्रेस्तेदार दयाराम पोख्रेलले बताउनुभयो ।

पीडित बालिकालाई आरोपितले ०७५ जेठ १८ गते राति मध्यपहाडी राजमार्गको पोखरा बागलुङ खण्ड स्थित कुश्मा नगरपालिका ४ को माझमेला भन्ने स्थानमा बलात्कार गरेको अभियोग लागेको थियो ।

राती ९ बजेको समयमा पिडित बालिकाका आफन्तले खोज्न जाँदै गर्दा बालिका बलात्कृत भएको उनका फुपाजु रोशन विकले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।

पीडित बालिकाको पर्वत जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनिल विकलाई जबर्जस्ती करणी अन्तर्गत मुद्धा दायर गरिएको थियो । पर्वत जिल्ला अदालतले असार ३ गते विकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि असार १७ गते कैद सजाय र क्षतिपुर्ति बापत जरिवाना भराउने फैसला गरेको हो ।

  • prabhu-bank-sept26.gif