महाशिला बजेट : ९ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य

२० असार, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३२ करोड ४४ लाख ४८ हजार ३ सय ५९ रुपैंयाको बजेट ल्याएको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा उक्त बजेट गाउँपालका अध्यक्ष राजुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन । गाउँपालिकाको गाउँ सभामा नीति तथा कार्यक्रम र बजेटसंगै प्रस्तुत गरिएको छ । नीति कार्यक्रम र बजेट उपर छलफल भने केहि दिन पछि शुरुवात हुनेछ । अर्थ वीट साप्ताहिकले खबर छापेको छ ।

जिल्लाका सानो गाउँपालिका मानिएको उक्त गाउँपालिकाले आगामी बर्षका लागि आर्थिक विकासमा कुल ४ करोड ७७ लाख ६ हजार ७ सय ५७ रुपैंया बजेट विनियोजन गरेको छ । यसैगरी पूर्वाधार विकास तर्फ ४ करोड ५६ लाख १४ हजार ६ सय ३० रुपैंया, सामाजिक विकास तर्फ १२ करोड ८१ लाख ८६ हजार ५० रुपैंया विनियोजन गरेको छ ।

वातावर विपत ब्यवस्थापनमा ५५ लाख १८ हजार ७ सय ८५ र संस्थागत विकास तर्फ २ करोड ४८ लाख ३० हजार १ सय ३७ रुपैंया रकम गाउँपालिकाले विनियोजन गरेको छ । केन्द्रिय सरकारको अनुदान अन्तर्गतको सामाजिक सुरक्षा भत्ता तर्फ ३ करोड रकम छ । यसैगरी सशर्त अनुदान तर्फ प्रदेश र केन्द्र अन्य निकाय नीति क्षेत्र दातृ निकाय संघसंस्थाले सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ४ करोड ९५ लाख २२ हजार रुपैंया बजेटमा उल्लेख गरिएको छ ।

९ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य सहित महाशिला गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वयमसेवक कार्यक्रमलाई निरन्तरता दिने र विद्यालयको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउने कुरा उल्लेख गरिएको छ । आगामी आर्थिक बर्ष बाँदर नियन्त्रण, सडकमो स्तरोउन्नती, प्रहरी चौकी स्थापना, अस्पतालको ब्यवस्थापन र कृषि उत्पादकत्वमा बृद्धि लगाएका विषयहरु समावेश गरिएको छ ।

  • prabhu-bank-sept26.gif