तथ्यहिन सुचनालाई समाचार नबाउन पत्रकारलाई सुझाब

२० असार, पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाले सुचनाको हक कानुनी प्रावधान र विद्यमान अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पर्वतको कुश्मा नगरपालिकामा आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले तथ्यहित र भ्रामक सुचनाका आधारमा समाचार लेखेर ब्यक्तिको चरित्र हत्या गर्ने कार्यमा नलाग्न स्वय्म पत्रकारहरुलाई सुझाब दिएका छन ।

सुचनाको हक पाउनु नागरिकको दायित्व रहेको भनाई सहभागीहरुको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारले दिने सुचनाले आम समुदायमा भ्रम सृजना छर्ने बताएका थिए ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, प्रहरी नायव उपरिक्षक दिलिप घिमिरे, अधिबक्ता हरीनारायण रेग्मी, पत्रकार गणेश पौडेल, राजबाबु पिसी, वडाअध्यक्षहरु सुवासचन्द्र पौडेल, चित्रकला शर्मा लगाएतले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको विषय वस्तु अधिबक्ता भोलानाथथ शर्माले उठान गरेका थिए भने कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष छविलाल तिवारी, स्वागत उपाध्यक्ष प्रनिश गिरी र सञ्चालन गणेश गिरीले गरेका थिए ।

  • prabhu-bank-sept26.gif