जलजलाको नीति तथा कार्यक्रम : ठूला क्रसर उद्योग सञ्चालनमा बाह्य लगानी खोजिने

२० असार, पर्वत । पर्वत जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरेको छ । आगामी बर्षको बजेट निर्माण पूर्व गाउँपालिकाको दोस्रो गाउँ सभामा गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले नीति तथा कार्यक्रम पेश गरेका हुन ।

नीति तथा कार्यक्रममा कालीगण्डकी नदीमा उत्पादन हुने रोडा, गिटि र बालुवा प्रशोधनका लागि ठूलो क्रसर उद्योग सञ्चालन गर्न बाह्य लागानी खोजिने कुरा उल्लेख गरिएको । नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा कालीगण्डकी नदि सहित नदीसँग सम्बन्धित नीजि जग्गा समेतको उचित संरक्षण गरिने कुरा उल्लेख छ । अर्थ वीट साप्ताहिकबाट खबर छ ।

नदीको प्रारम्भीक वातावरणीय प्रभाव मुल्याङ्गकन प्रतिवेदनका आधारमा गाउँपालिकाको अधिकांश क्षेत्र ओगट्ने कालीगण्डकी किनारमा फैलिएका ठूला ठूला वगरहरुको कानून बमोजिम उचित सदुपयोग गर्दै ठूला प्रकृतिका क्रसर उद्योग, ईंट्टा उद्योग, हाईडूो पावर स्थापना तथा सञ्चालनको लागि बाह्य सहयोग समेत जुटाई विशेष लगानी गरिने कुरा उल्लेख गरिएको छ यसले युवा जनशक्तिलाई रोजगारी मिल्नुको साथै गरिवी न्युनीकरणमा सहयोग पुग्न जाने र गाउँपालिकाको आन्तरिक आयस्रोतमा बृद्धि हुन जाने विश्वास लिइएको छ ।

नीति तथा कार्यक्रममा सिँचाई, स्वास्थ्य, शिक्षा, संस्कृति र पर्यटन प्रबद्र्धनमा विशेष जोड दिएको छ । आर्थिक बृद्धिका लागि उद्योग, व्यवसाय लगायत जनसरोकारका बिषयलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले नीति ल्याएको छ ।

नीति तथा कार्यक्रममा जमिन बाँझो नराख्नका लागि कृषकलाई कृषि ऋण, बिमा लगायत विशेष राहतका कार्यक्रम ल्याउने गाउँपालिकाले घोषणा गरेको छ । गाउँपालिकाका प्रस्तुत नीति तथा कार्यक्रम उपर छलफल कार्यक्रम भने जारी छ ।