”सुखी नेपाली सम्बृद्ध नेपालको चाहना पुरा गर्न कृषि क्रान्ति आवश्यक”– सांसद गिरी

१५ असार, पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले सुखी नेपाली र समृद्ध नेपालको सपना कृषि क्रान्तिबाट नै पुरा हुने बताएका छन ।

१५औं राष्ट्रिय धानदिवसको अवसरमा शुक्रवार पर्वतको मोदि गाउँपालिकामा २ देउपुरमा आयोजीत धान दिवस कार्यक्रममा बोल्दै सांसद गिरीले बाँझा रहेका खेतवारी मा उब्जनी बढाउदै अव कृषि क्रान्ति गर्नुपर्ने धारणा राखेका हुन । उनले कृषि क्रान्तिले देशमा आर्थिक क्रान्ति हुने दावी समेत गरे ।

नेपाल कम्युनिष्ठ पार्टि निकट साविकको युवा संघ र वाईसियल पर्वतका युवाहरुले आयोजना गरेको कार्यक्रमकामा गिरीले कृषिमा आधुनिकिकरण वैज्ञानिकिकरण र व्यावसायिकरण गर्दै परनिर्भरतालाई न्युनिकरण गर्न पर्ने बताए ।

उनले भने ‘कृषि प्रधान भनिएको देशमै मासिक औसत २ अर्ब मूल्य बराबरको धान विदेशबाट आयात गर्नुपर्ने अवस्था छ जवकि नेपालले उत्पादन भएको २० प्रतिशत धानमात्र विदेश निर्यात गर्छ ।’ अवको सरकारले परनिर्भरताको अन्त्य गर्ने गरी काम गर्नुपर्ने समेत बताए । कृषकहरुलाई राज्यले न्युनतम शुल्कमा मल विउ प्रदान गरिनुपर्ने, खेतियोग्य जमिन वाझिन नदिने तथा सिंचाईको असुविधा भएका स्थानहरुमा सिंचाइको व्यवस्था मिलाउनुपर्ने, उपयुक्त खेतिका लागि जमिनको पहिचान गर्दै खेति गरिनुपर्नेमा गिरीको जोड थियो ।

गिरीले केन्द्र सरकारमा यस क्षेत्रको वृहत कृषि परियोजनाको आँफुले पहल गरिराखेको जानकारी समेत दिए ।
त्यस्तै कार्यक्रममा नेकपा पर्वतका नेता गोविन्द पहाडीले व्यावसायिक कृषिवाटनै स्वरोजगारको सिर्जना र वेरोजगारको अत्य हुने बताए ।

पहाडीले युवा संघले आयोजना गरेको यो कार्यक्रमले कृषकहरुमा थप हौशला वढाउने भन्दै यस्ता कृषकमुखी कार्यक्रम आगामी दिनहरुमा पनि गर्दै जानुपर्नेमा जोड दिए । पहाडीले उर्जाशिल युवाहरुले व्यावसायिक कृषिलाई आत्मासाथ गरे विदेशी भुमिमा पसिना वगाउनुपर्ने स्थितिको अन्त्य संगै देशमै लाखौ आम्दानी गर्न सकिनेमा जोड  बताए ।

कार्यक्रममा नेकपा नेताहरु मेघराज सुवेदी, युवा संघका केन्द्रिय सदस्य तथा मोदीगाउँपालिकाका प्रवक्ता वार्ड नं. ६ तिलाहरका अध्यक्ष विमल लामिछाने युवा संघका जिल्ला संघका अध्यक्ष थमनारायण पौडेल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।