सांसद गिरीद्धारा १२ करोडको लागतमा निर्माणधिन वारीवेनी खानेपानी आयोजनाको भवन शिल्यान्यास

१३ असार, पर्वत । प्रतिनिधी सभाका सांसद पदम गिरीले पर्वत जिल्लालाई छिट्टै स्वच्छ खानेपानी उपलब्ध हुने मुलुककै पहिलो जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन ।

पर्वत जिल्लाको जलजला गाउँपालिकामा निर्माण भैरहेको पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालय भवन शिलन्यास गर्दै सांसद गिरीले मुलुकका ७७ मध्ये पर्वतलाई स्वच्छ खानेपानी सहितको पहिलो जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका हुुन ।

पर्वतका धेरै खानेपानी आयोजनाहरुका लागि पर्याप्त बजेट बिनियोजन भैरहेको र यही रफ्तारमा काम अघि बढाउँदा दुई तिन बर्ष भित्रमै मुलुककै पहिलो स्वच्छ खानेपानी सहितको जिल्ला बनाउने दाबी उनको छ । ‘हरेक बस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराउने अभियान अनुसार योजनाहरुमा पर्याप्त बजेट बिनियोजन भएको छ’ उनले भने ‘अहिलेको बजेटको अधिकतम उपयोग गरि थप बजेटका लागि पहल गरिने छ’ एक घर एक धारा को अवधारणा अनुसार अब खानेपानी नपुगेका ठाउँमा नयाँ योजनाहरु पनि निर्माणको प्राथमिकतामा रहेको उनले बताए ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्माले खानेपानीका योजनाहरु निर्माण गर्दा दिगो बनाउने कुरामा जोड दिए । उनले स्थानिय तह र संघीय तथा प्रदेशबाट खानेपानी नपुगेका ठाउँहरुमा एक घर एक धाराको अवधारणा अनुसार काम गर्न सकेमा जिल्लाले लिएको लक्ष्य भेटाउन सकिने कुरा बताए ।

खानेपानी तथा सरसफाई डिभीजन कार्यालय पर्वतका प्रमुख प्रेम डोटेलले वारीमा बेनीमा चुनौतीपुर्ण अवस्थामा पनि खानेपानी आयोजना निर्माण भैरहेको चर्चा गर्दै उपभोक्ता र कार्यालयको समन्वयमा आयोजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । उनले एक घर एक धारा अवधारणा अनुसार खानेपानीको दिगो ब्यबस्थापन भैरहेकोले पैसा तिर्ने र स्वच्छ पानी पिउने ब्यबस्था भएका कारण सबै उपभोक्ताले यसलाई सफल बनाउन लाग्नुपर्ने कुरामा जोड दिए ।

भवन शिलन्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता लालबहादुर अधिकारी, नेपाली कांग्रेसका जलजला गाउँपालिकाका नेता चन्द्रबहादुर जिसी, जलजला गाउँपालिकाका प्रबक्ता रबि भण्डारी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, उपभोक्ता समितिका कोषाध्यक्ष डिलबहादुर बरुवाल लगायतले शुभकामना दिएका थिए । पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिब ठाकुर रेग्मीले गरेका थिए ।

वारीबेनीमा उपभोक्ताको सहलगानीमा निर्माण भैरहेको उक्त आयोजनामा कालीगण्डकीको पानी पम्पिङ्ग गरेर १ सय ५० मिटर माथि रहेको ट्याङ्गकीमा पु¥याई शुद्ध बनाई बितरण गरिनेछ । सरकारको कुल लागतको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत रकममा निर्माण भैरहेको आयोजनाको कुल लगायत १२ करोड ४३ लाख ७४ हजार रहेको छ । यसमा सरकारको ८ करोड ७० लाख ६२ हजार र उपभोक्ताको ३ करोड ७३ लाख १२ हजार सहभागिता छ । आयोजनाबाट जलजला वडा नं २,३ र ४ का ९ सय ५४ घरधुरी लाभान्वित हुनेछ ।

  • prabhu-bank-sept26.gif