मूल्य बृद्धि विरुद्ध नेविसंघ आक्रामक बन्दै, कुश्मामा प्रधानमन्त्रीको पुत्ला दहन

३० जेठ, पर्वत । पेट्रोलियम पदार्थमा भएको भारी मूल्य बृद्धिको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले विरोध जनाउँदै आएको छ ।

नेविसंघले देशैभरका सदरमुकामहरुमा विरोध प्रदर्शन गरी मूल्य बृद्धिको विरोध गरेको हो । मंगलबार पर्वत सदरमुकाम कुश्मा बजारमा पनि नेविसंघले विरोध प्रर्दशन गरेको छ ।

नेविसंघको आयोजना भएको उक्त विरोध प्रदर्शनमा विद्यार्थीहरुले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाएका छन । मंगलबार साँझ प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला बनाएर बजार परिक्रमा गरेका विद्यार्थीहरुले कुश्माको लोकतन्त्र चोकमा पुत्ला जलाएका हुन । मूल्य बृद्धिले जनताको ढाड सेकेको भन्दै सरकारलाई विद्यार्थीहरुले सचेत गराएका थिए ।

पुत्ला दहन पछिको संक्षिप्त कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले जनतालाई झुटा आश्वासन देखाएर चुनाव जित्ने र सत्तामा गएपछि जनता विरोधी काम गर्ने नेताहरुलाई जनताले माफ गर्न नसक्ने बताएका थिए । विरोध प्रदर्शन नेपाल विद्यार्थी संघ पर्वतका कार्यबहाक अध्यक्ष आरसि पौडेलको नेतृत्वमा भएको थियो ।

  • prabhu-bank-sept26.gif