पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुँदै

२९ जेठ, पर्वत । पर्वत पुर्णखोप सुनिश्चित जिल्ला घोषणा हुने भएको छ । पन्ध्र महिना सम्मका सबै बालबालिकाले खोपको सबै मात्रा लगाएपछि पर्वतलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागिएको हो ।

असार ३१ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने कार्यक्रम छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतमा १५ महिना भित्रका २ हजार ४ सय ४६ जना बालबालिकाले खोपको सबै मात्रा पुरा गरेका छन ।

जिल्लाका सबै पालिका र वडाहरुमा बालबालिकाले पुर्णरुपमा खोप पाएका कारण भब्य कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको कोल्डचेन अफिसर जयन्द्र गुरुङ्गले जानकारी दिए ।

घोषणासभाका दिनमा बाजागाजा सहित जनचेतनामुलक ¥यालीको आयोजना समेत गरिने छ ।

पर्वत जिल्लामा २०७० असार ३० गते पहिलो पटक तत्कालिन लुंखु देउराली गाबिसलाई पुर्णखोप सुनिश्चित गाबिस घोषणा गरिएको थियो भने सबैभन्दा पछि २०७५ बैषाख ८ गते मोदीगाउँपालिका वडा नं ७ राम्जादेउरालीलाई पुर्णखोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।