विकासको गति पछ्याउँदै मोदी गाउँपालिका, अधिकांश योजना सम्पन्न

२१ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आर्थिक बर्ष ७४/७५ को जेठ मसान्त सम्म बजेट बिनियोजन भई स्विकृत भएका धेरै कार्यक्रम सम्पन्न गरीसकेको छ ।

मोदी गाउँ कार्यपालिकाको पशु र कृषि सेबा शाखाले बजेट बिनियोजन भई स्विकृत भएका धेरै कार्यक्रम सम्पन्न गरीसकेको हो । मोदी गाउँ कार्यपालिका पशु सेवा शाखाको लागि छुटिएको ५० लाख र कृषि सेवा शाखाको लागि छुट्एिको ७० लाख बजेट बिनियोजन भई काम सम्पन्न भईसकेका छन् ।

कृषकहरुको बाहुल्यता रहेको गाउँपालिकाको रुपमा चिनिएको मोदीले बिषेशत कृषकहरुलाई कसरी ब्यवसायीक रुपमा अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा ध्यान केन्द्रित गरेको हो ।

गाउँपालिकाका प्रबक्तmा तथा वडा नम्बर ६ का वडा अध्यक्ष बिमल लामिछानेले पशुपालन तथा ब्यवसायीक रुपमा कृषि पेशामा लागेका कृषकहरुलाई मध्येनजर गर्दै गाउपालिका अगाडि बढेको बताउनुभयो । पशुपालन तथा कृषिको क्षेत्रमा कायपलट गर्ने कृषकहरुलाई अनुदानका कार्यक्रम मार्फत अगाडि बढाईएको उहाले बताउनुभयो ।

गाउँपालिकाले दुध, मासु र अण्डामा आत्मनिर्भर गराउने उदेश्यले कार्यक्रम अगाडि बढाएको छ । दुध संकलन केन्द्र स्थापना कार्यक्रम अन्तर्गत बाजुङमा २ र तिलाहारमा २ गरी ४ ठाउँमा संकलन केन्द्रको स्थापना गरी प्रति संकलन केन्द्र बराबर ५० हजार अनुदान सहयोग गरेको छ ।

त्यस्तै मासुमा आत्मनिर्भर गराउने उदेश्य अनुरुप मासु पसल सुधार कार्यक्रम २ पसललाई ५० हजार अनुदान सहयोग गरेको छ । बाख्रा बंगुर र गाई प्याकेज कार्यक्रम बनाई बिपन्न कृषकहरुलाई बाखा्रा, बंगुर र गाई खोर सुधार तथा ढुवानी अनुदान सहयोग गरेको छ ।

त्यस्तै युबा लक्षित कार्यक्रम दुग्ध सहकारीको स्तर उन्नती खसीबोका संकलन केन्द्र तथा बिभिन्न शिर्षकमा कृषकहरुलाई आत्मनिर्भर गराउने कार्यक्रम मोदी गाउँपालिकाले यस आर्थिक बर्षमा सम्पन्न गरी सकेको पशु सेबा शाखाका प्रमुख रामजी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यता कृषि तर्फ पनि गाउँपालिकाले बिभिन्न कार्यक्रम सम्पन्न गरीसकेको छ । कृषिको पकेट क्षेत्रहरु घोषणा गरी बिभिन्न कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रम अन्र्तरत सुन्तला पकेट क्षेत्र, आलु पकेट क्षेत्र र अलैची पकेट क्षेत्र बनाई अनुदानका कार्यक्रम भईरहेको छ ।

त्यस्तै कृषि यान्त्रीकरण तर्फ कृषकलाई मिनि पावर टेलर ५० प्रतिशत अनुदानमा बितरण गरीएको कृषि सेबा शाखा प्रमुख शारदा आचार्यले जानकारी दिनुभयो । उहाका अनुसार युबा स्वरोजगारका कार्यक्रम, साना सिचाई, तरकारी हाईजिङ बिउ बितरण तथा कृषकलाई प्रत्सोहान गर्ने खालका बिभिन्न कार्यक्रमहरु गरीएको छ ।

७५ प्रतिशत अनुदानमा मकै बिउ बितरण, कृषकको माग अनुसार माछाको भुरा ढुबानी, हिउदे फलफुल मौरी पालक कृषकलाई २५ प्रतिशत अनुदानमा घार बितरण लगायतका कार्यक्रम समेत गरीएको कृषि सेबा शाखाले जनाएको छ ।