डिएसपि पन्त एसपिमा बढुवा : पर्वतमा खुशीयाली

२१ जेठ, पर्वत । नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षक पदमा कार्यरत गंगा पन्त प्रहरी उपरिक्षक पदमा बढुवा भएकी छिन । पर्वत जिल्लामा झण्डै एक बर्षको बसाईमा पर्वतबासीको मन जित्न सफल प्रहरी अधिकृत पन्तको बढुवासंगै पर्वतमा खुशीयाली छाएको छ । सामाजिक सञ्जालमा पन्तलाई बधाई दिनेको लर्को लागेको छ ।

छोटो अवधिको पर्वत बसाईमा वहावही कमाएकी पन्तले जिल्लामा केहि सुधारका प्रयासहरु गरेको भन्दै स्थानीयले उनको कार्यवधिलाई सफल र निश्पक्ष कार्यवधिको रुपमा विश्लेषण गरेका थिए ।

पन्तले जुवातास नियन्त्रण देखि कालीगण्डकी नदी माथिको अवैध दोहनलाई रोक्नेसम्मका योजनाहरु पर्वतमा कार्यान्वयन गरेकी थिइन । गाउँगाउँमा महिला जागरण मार्फत घरेलु मदिरा नियन्त्रण, घरेलु हिंसा नियन्त्रणमा सक्रिय पन्तले जिल्लामै पहिलो पल्ट नदी दोहन रोक्नका लागि विशेष पहल गरेकी थिइन ।

जिल्लाका दुई क्रसर सञ्चालकले बर्षौ देखि गरीरहेको नदी दोहन रोक्नका लागि उनको प्रयासमा आम नागरिक समाजले प्रशंसा गरेको थियो । प्राकृतिक सम्पदा माथिको अवैध दोहन रोक्नका लागि पन्तको भूमिका उत्कृष्ट थियो ।

उता, महिला हिंसा न्यूनिकरणको अभियानसंगै हिंसा पिडित महिलाहरुलाई सुरक्षित आश्रय स्थलका लागि जिल्लामै पहिलो पल्ट हिंसा पिडित सेल्टरको समेत निर्माण कार्य शुरु गरिएको थियो ।

पन्तको सरुवासंगै अलपत्र गरेको उक्त सेल्टर निर्माणका लागि नागरिक समाज र सरकारी कार्यालयहरुले मात्रै झण्डै ५० लाख बढि रकम बोलकोवल सहयोग गरेका थिए । उक्त भवन नागरिक स्तरबाटै निर्माणको प्रयास पन्तले गरेकी थिइन । तत्कालीन पश्चिमाञ्चल प्रहरी प्रमुखले समेत पन्तलाई पश्चिमाञ्चल क्षेत्रमै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी प्रमुख भएको भन्दै जिल्लाकै एक सार्वजनिक कार्यक्रममा बोलेका थिए ।

राजनैतिक रुपमा तटस्थ भूमिका खेलेकी पन्तको पर्वत प्रहरीलाई राजनैतिक दलका नेताहरुको दबावको भूमरीबाट टाडा राखेकी थिइन । सर्वसाधरणको सहज पहुँच प्रहरी कार्यालय भित्र पुराउन पन्तले खेलेको भूमिकाका कारण पर्वतमा उनको छवि उच्च रहेको थियो ।

नागरिकसंगको सम्बन्धलाई सकारात्मक रुपमा परिकृष्ट गर्दै प्रहरी सवैका साथी हो भन्ने देखाउन पन्तले छोटो अवधिमा पर्वतमा खेलेको भूमिका कारण यति बेला सामाजिक सञ्जालहरुमा पन्तलाई बधाई दिनेको लर्को लागेको छ ।

  • prabhu-bank-sept26.gif