सामुदायिक क्याम्पस प्रति राज्य अनुदार

३० वैशाख, पर्वत । जिल्लाका सामुदायिक क्याम्पसहरु सञ्चालन गर्न समस्यै समस्या रहेको यहाँ आयोजीत एक कार्यक्रमका वक्ताहरुले बताएका छन । वहाकी सामुदायिक क्याम्पसले विहादी गाउँपालिकाको वहाकीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले राज्यको तर्फबाट यथोचित सहयोग नमिल्दा सामुदायिक क्याम्पस सञ्चालनमा समस्या रहेको बताएका हुन ।

सामुदायिक क्याम्पसको अनुमति सहज रुपमा पाइने तर स्थापना पश्यात राज्यको तर्फबाट अपेक्षाकृत सहयोग नमिलेको बक्ताहरुको भनाई छ । जिल्लामा रहेका १२ वटा सामुदायिक क्याम्पसहरुका अध्यक्ष र क्याम्पस प्रमुखहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले आर्थिक समस्या र विद्यार्थीको अभावका कारण क्याम्पस सञ्चालनमा समस्या पर्दै आएको गुनासो गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष भोलानाथ ओझाले समुदायको अपनत्व विना समुदायिक क्याम्पस सञ्चालन गर्न समस्या रहेको औल्याए । उनले समुदायले जस लिने गरी अपनत्व ग्रहण नगरेसम्म अरुको सहयोगमा गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक क्याम्पसहरु सक्षम नहुने जिकिरे गरे ।

उनले राज्यको नीति, समुदायको वेवास्ता र सक्षम नेतृत्व नभएकाले पनि साुमदायिक क्याम्पसहरुको सञ्चालनमा चुनौति थपिएको उल्लेख गरे । सामुदायिक क्याम्पसको ब्यवस्थापन र सञ्चालनहरुमा स्थानीय तहहरु समेत अनुदार रहेको कार्यपत्रमा उल्लेख गर्दै सामुदायिक क्याम्पस संघका पर्वत अध्यक्ष गोविन्द पहाडीले राज्यको सहयोग विना गुणस्तरीय शिक्षा र क्याम्पस सञ्चालनमा चुनौति रहेको बताए । पहाडीले कार्यपत्रमा राज्यका ऐन, नियम र कानूनहरुमा समेत उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुको विषयमा मौनता रहेको उल्लेख गरे ।

शहर केन्द्रित शिक्षण सिकाईलाई गाउँघरमा नै खुलेका सामुदायिक विद्यालयले प्रतिस्थापन गर्न नसकेको पहाडीको भनाई छ । उनले गुणस्तरीय शिक्षामा भन्दा प्रतिस्पर्धाको रुपमा क्याम्पस खोल्ने दर बढेकाले पनि क्याम्पसहरु सञ्चालनमा समस्या रहेको बताए ।

कार्यक्रममा अन्तरक्रिया कार्यक्रममा क्याम्पसका प्रमुख र अध्यक्षहरुले आर्थिक समस्या झेल्नु परेका कारण पनि सामुदायिक क्याम्पस सञ्चालनमा समस्या र गुणस्तरीय शिक्षा प्रदान हुन नसकेको बताएका थिए ।

कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले स्थानीय तहको बजेट निर्माण गर्दा सामुदायिक क्याम्पसको समस्याहरु समाधान हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा पैयू गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जसमति गुरुङ, विहादी गाउँपालिकाका उपाध्यक्ष डम्मर कुमारी गुरुङ, विहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्मा, शिक्षा अधिकृत कृष्ण आचार्य लगाएतले शैक्षिक गुणस्तर सुधार गर्नसके सामुदायिक क्याम्पसका सवै खालका समस्याको समाधान हुने उल्लेख गरे ।

  • prabhu-bank-sept26.gif