पर्वत उद्योग बाणिज्य संघले पूर्णता पायो, बरिष्ठ उपाध्यक्षमा अधिकारी, महासचिवमा लामिछाने

२८ वैशाख, पर्वत । निर्वाचन सम्पन्न भएको डेढ महिनापछि पर्वत उद्योग वाणिज्य संघले पदाधिकारी चयन गरेको छ । संघको बिहिवार बसेको वोर्ड बैठकले कार्यसमितिमा पदाधिकारी चयन गरेको हो ।

बैठकले बरिष्ठ उपाध्याक्षमा गोपी अधिकारी, उद्योग उपाध्यक्षमा ठाकुर वि. पौडेल, वाणिज्य उपाध्यक्षमा कमलवहादुर जि.सी, महासचिवमा गणेश लामिछाने, कोषाध्यक्षमा रमेश लामिछाने, सचिवमा तिला गिरीे र कार्यसम्पादन समिति सदस्यमा सुनिल भुषाललाई चयन गरेको छ ।

त्यस्तै संघले गोपी अधिकारी,डासीराम अधिकारी र खड्कप्रसाद खनाललाई सदस्यमा मनोनित गरेको छ । गोपी अधिकारी यस भन्दा अगडीको कार्यकालमा बरिष्ठ उपध्याक्ष थिए । बैठकले मानआर्थ सदस्यमा पर्वतका पुराना व्यवसायी तथा आजिवन सदस्य देव शर्मालाई मनोनित गरेको छ ।