जलजलामा एमालेको जनप्रतिनिधि र पार्टी प्रतिनिधि वीच अन्तरक्रिया

२१ वैशाख, पर्वत । नेकपा एमाले स्थानीय विकास विभाग पर्वतले एमालेबाट निर्वाचित जनप्रतिनिधी तथा वार्ड कमिटिका पदाधिकारीहरुलाई विकास निर्माणका सकारात्मक काममा जिम्मेवार भएर सहभागी हुन निर्देशन दिएको छ ।

विभागले जलजला गाउंपालीकाका प्रतिनिधीहरुलाई एकैठाउंमा राखेर पालीकाका सहि काममा सहयोग गर्न र गलत कामहरुको भण्डाफोर गरि जनताको विचमा लैजान सुझाव दिएको छ ।

कार्यक्रममा बोल्दैै नेकपा एमाले प्रदेश कमिटि ४ का सदस्य एवम जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले ३ तहका सरकारमा नै एमालेको अगुवाई भएका कारण आफुलाई कमजोर नठानी उच्च मनोबलका साथ जनताको हितमा काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य यज्ञ सुवेदी, पार्टी उपाध्यक्ष भक्त कुंवर, पालीका कमिटि संयोजक लाल बहादुर अधिकारी, सह संयोजक तुङ्गनाथ शर्मा, उदय सुवेदी, प्रेम सुशिल, जिल्ला समन्वय समिति उप प्रमुख यम कुमारी राना, सदस्य ओम रेग्मी, अनेमसंघ जिल्ला सचिव धन कुमारी सुवेदी लगायतले आफनो धारणा राख्नु भएको थियो ।

स्थानीय विकास विभाग प्रमुख एवम नेकपा एमाले जिल्ला उप सचिव गोविन्द पहाडीले दिएको जानकारी अनुसार संघिय तथा प्रादेशिक सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटको कार्यान्वयन गर्ने तह वार्ड र पालीका भएका कारण एमालेबाट निर्वाचित जन प्रतिनिधी र एमाले कार्यकर्ताहरु अरु भन्दा बढि संवेदशनशिल बन्नुपर्ने हुन्छ ,यहि कुरालाई मध्यनजर गरेर विभागले यो अभियानलाई जिल्ला व्यापी बनाएको हो ।

उपसचिव पहाडीका अनुसार अव यो अभियान फलेवास नगरपालीका र महाशिला गाउंपालीकामा मात्र आयोजना गर्न बांकी रहेको छ ।

  • prabhu-bank-sept26.gif