प्रेस चौतारी पर्वतको अध्यक्षमा गिरी

३ वैशाख, पर्वत । प्रेस चौतारी नेपाल पर्वत शाखाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पत्रकार गणेश गिरीलाई प्रेस चौतारी पर्वतको अध्यक्षमा चयन गरेको छ ।

१६ सदस्यीय समितीको उपाध्यक्षमा कृष्ण अखेलि, सचिवमा सुवास लामिछाने, सहसचिवमा नवराज गिरी, कोषाध्यक्षमा शान्ति सुवेदी, सदस्यहरुमा राजेन्द्र प्रसाद भुषाल ,दिपेश सुनवार, बिकाशराज पौडेल, रमेश पौडेल, सोनु राना, लकाश सुवेदी, राजन पौडेल, गणेश पौडेललाई चयन गरेको छ ।

प्रेस चौतारी जिल्ला शाखा पर्वतका निवर्तमान अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निबर्तमान उपाध्यक्ष गणेश गिरीले गरेका थिए भने संञ्चालन सचिव कृष्ण अखेलीले गरेका थिए ।

यसै वीच प्रेस चौतारी सिर्जनशिल पत्रकारीता पुरस्कारवाट पत्रकारहरु कुश्मा नगरपालिका वडा न १२ का गणेश पौडेल र कुश्मा ६ का गणेश पौडेल पुरस्कृत भएका छन । दुबै गणेश पौडेललाई आज प्रेस चौतारी नेपाल पर्वत शाखाको ५ औं जिल्ला अधिवेशनका अवसरमा प्रदान गरिएको हो ।

अधिवेशनेका उद्घाटन शत्रको कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे,सचिव रामकृष्ण शर्मा,जिल्ला समन्वय समिती पर्वतका अध्यक्ष मनोहर बि.पौडेल, फलेवास नगरपालीकाका प्रमुख पदमपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस चौतारी पर्वतका जिल्ला शाखा पर्वतका संस्थापक भोलानाथ शर्मा, पर्वत उद्योग बाण्ज्यि सघंका अध्यक्ष केदारनाथ शर्मा, क्रान्तीकारी पत्रकार महासंघ पर्वतका अध्यक्ष बैकुण्ठ गिरी, प्रेस चौतारीका केन्द्रिय अनुशासन बिभागका सदस्य सन्तोष थापा, प्रेस सेन्टरका अध्यक्ष राजबाबु पिसी लगायतले मन्तब्क्त ब्यक्त गरेका थिए ।