चर्चा कमाउने दाउँमा लम्साल, एउटै योजनाको पटक–पटक शिलान्यास

२६ चैत, पर्वत । एउटा योजनामा एक पटक शिल्यान्यास र एक पटक उद्घाटन हुन्छ ।

तर एमाले नेता तथा प्रदेश सभाका मन्त्री विकास लम्सालले भने एउटै योजनाको पटक पटक शिल्यान्यास गर्ने दौडमा लागि परेका छन ।

विगत लामो समय देखि कालीगण्डकी करिडोर राष्ट्रिय गौरबको आयोजनामा चर्चामा रह्यो ।

पर्वत खण्ड हुँदै विगत लामो समय देखि सर्भे भए पनि अन्ततः बागलुङ खण्ड हुँदै अगाडि बढेको आयोजना हाल बागलुङ खण्ड हुँदै अगाडि बढेको छ ।

उक्त आयोजनको पर्वत खण्डमा विनियोजन भएको निकै थोरै रकम र प्राथमिकताका आधारमा न्यून कोटिमा परेको मिर्मि देखि अर्मादी खण्डको काम अझै पुरा हुन सकेको छैन ।
राष्ट्रिय आयोजना बागलुङमा सरेदेखि पर्वत खण्डमा कालीगण्डकी लोकमार्गको नाउँमा अर्थ मन्त्रालयले बजेट विनियोजन गर्दै आएपनि पछिल्लो समय बजेटको ढिलासुस्ती र ठेकेदार मार्फत भएको सडक निर्माण कार्य निकै धिमा गतिमा अगाडि बढिरहेको छ ।

डा. चन्द्र श्रेष्ठ लगाएतका केन्द्रिय प्राविधिक समूहले पर्वत खण्डको सडकलाई विस्तार गर्न गरेको प्रस्ताव उपर विरुद्धमा निर्माण कार्य शुरु गरिएकोे गुल्मी–बागलुङ खण्डको करिडोरले मूर्त रुप लिएपनि पर्वत खण्ड अझै ओझेलमै छ ।

पर्वत खण्डमा निर्माण भईरहेको सडकलाई कालीगण्डकी करिडोर अन्तर्गत नै बजेट विनियोजन गरी कार्य भइरहेको परिवेशमा यो सडकका विषयमा भएको जिल्लाको राजनीतिले निर्माण कार्य नै प्रभावित हुने सम्भावना बढिरहेको छ ।

केहि बर्ष अगाडि पर्वतका पूर्व सांसद अर्जुन जोशीेले सडकको निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहेको अन्तवार्ता दिएको केहि बर्षमै एमालेका नेता तथा वर्तमान प्रदेश सभाका मन्त्री लम्सालले आयोजनका सवै जस आफूले लिन खोजीरहेका छन ।

आयोजनाको ंिसंगो खण्ड अन्तर्गतका विभिन्न टुक्रे कामहरुमा शिलान्यासको काम गर्दे चर्चा बटुल्न्न खोजेका लम्सालले आइतबार मात्रै रानीपानी देखी फलेवास सडक खण्डको स्तरोन्नीको काममा जस लिन खोजेका छन ।

उनले सडक खण्डमा आयोजक विना नै दुई किशोरीलाई रिवन समात्न लगाएर उक्त रिबन काटे पछि उनले गरेको अनौठौ शिलान्यासको बहस शुरु भएको हो ।

आयोजनामा हुने सामान्य स्तरोउन्नतीका कामहरुमा शिलान्यास नहुने प्रचलन रहँदै आएको छ । लम्सालले भने आयोजनामा निर्माण हुने सवै मोटरेवल पुलहरु र सडकको स्तरोउन्नतीका कामहरुको आफूले अपनत्व लिने बहानामा शिलान्यास र उद्घाटन गर्ने गरेका छन ।

ब्यानरमा आफ्नो नाम नै उल्लेख गरेर यस अघि मोदी वेणीमा निर्माण हुन लागेको मोटरेवेल पुलको शिलान्यास गरेका लम्सालले आयोजक, सम्बन्धित निकाय नै नभएको बेला स्थानीय केहि जनमानस जम्मा गरी रिबन काटेर सडकको शिलान्यास गरेका छन ।

कालीगण्डकी करिडोरका मुख्य खण्ड पर्वत जिल्लामा पर्छ । उत्तरको कोरल्ला देखि दक्षिणको भारत जोड्ने उक्त सडक राष्ट्रिय महत्वको आयोजना हो ।

सडक निर्माण कार्यमा पर्वतका जनप्रतिनिधिहरुको अकर्मयणताका कारण विगत ५ बर्ष देखि सडकको निर्माण कार्य बागलृङ र गुल्मी खण्डबाट अगाडि बढेको हो ।

सडकको निर्माण खर्च कम लाग्ने र सडकको दुरी कम पर्वत खण्डबाट हुने भएपनि पहुँचका आधारमा बागलुङ र गुल्मी खण्डबाट काम भईरहेपनि धिमा गतिमा पर्वत खण्डबाट पनि उक्त सडकको काम भईरहेको छ ।

हाल रानीपानी देखि फलेवास खण्डको सडक स्तरोउन्नतकिा लागि ठेकेदार कम्पनी मार्फत काम शुरु भएको छ ।

यसैगरी फलेवास देखि मोदवेणी खण्डमा पनि ट्रयाक खोल्ने काम भईरहेको छ । मोदीवेनी देखि अर्मादी सम्मको ट्रयाक्क खोल्ने काम भने अझै पनि शुरु हुन सकिरहेको छैन ।

सडक निर्माण कार्य सम्पन्न हुँदा उत्तर र दक्षिण जोडने महत्वपूर्ण नाका सम्पन्न हुनेछ ।
बागलुङ र गुल्मी खण्डको निर्माण कार्य को जिम्मा यस अघि नै नेपाली सेनाले लिएको छ ।

नेपाली सेनाले निर्माण कार्यको जिम्मा लिएसंगै मुख्य ट्रयाक्क खोल्ने काम सकिएको उक्त खण्डमा अव भने सडकको कालोपत्रेको काम मात्रै बाँकी छ ।

पर्वत खण्डमा भने ठेकेदार कम्पनीले जिम्मा लिने र त्यसको निर्माण कार्य धिमा गतिमा हुँदा अव भने पर्वत खण्डलाई नेपाली सेनालाई जिम्मा लगाउने गरी आफूल पहल थाल्ने जननिर्वाचित सांसदहरुले दावी गर्दै आएका छन ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना, संघिय सांसद पदम गिरी र प्रदेशका सभामुख नेत्र अधिकारीले करिडोरको जिम्मा नेपाली सेनालाई लगाउने गरी आफूहरुले पहल गर्ने दावी गर्दै आईरहेका छन ।

उक्त खण्ड निर्माण सम्पन्न भएसंगै उत्तर देखि दक्षिण जोड्ने सडकको महत्वपूर्ण खण्डको रुपमा अर्मादी–मिर्मि सडक स्थापीत हुनेछ ।

  • prabhu-bank-sept26.gif