पर्वत प्रहरीको सक्रियता : बलात्कार नियन्त्रण र अनुसन्धान गर्न ३ महिने कार्य योजना निर्माण

२१ चैत, पर्वत । जिल्लामा पछिल्लो समय बलात्कार, चोरी र अपहरणका घटनाहरु बढ्न थालेका छन ।

अपराधजन्य यी क्रियाकलाप रोक्न भने पर्वत प्रहरीले सक्रियता देखाएको छ ।

पर्वत प्रहरीले एक कार्यक्रमका वीच मंगलबार जवरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रणका लागि ३ महिने अल्पकालीन कार्य योजनाको निर्माण गरेको छ ।

महिला तथा बालबालिका विरद्ध हुने अपराधले समाज र समग्र देशको शान्ति सुरक्षामा प्रश्न चिन्ह् खडा गरेको भन्दै प्रहरीले त्यसको नियन्त्रण गर्न कार्य योजना निर्माण गरेको हो ।

कार्य योजनामा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने र अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन अनुसन्धानलाई बाह्य अस्तक्षेपबाट प्रभावित हुन नदिने उल्लेख गरिएको छ ।

प्रहरी नायव उपरिक्षक दिलिपि घिमिरेले कार्य योजना प्रस्तुत गर्दै अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय संघ संस्थासंग हातेमालो गरिने बताएका छन ।

कार्य योजनामा समाजमा संवेदनशिल वर्गका रुपमा रहेका महिला तथा बालबालिकाहरुको अधिकार स्थापीत गर्नु प्रहरीको पहिलो धर्म भएकाले सोहि बमोजीम अपराध न्यूनिकरणमा आफूहरु लागि पर्ने उनले कार्य योजनामा उल्लेख गरिएको छ ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख सिता थापा, जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बुद्धिबहादुर थापा, जनस्वास्थ्य अधिकृत सजिता महर्जन, जिल्ला सरकारी वकिलका सहायक जिल्ला अधिबक्ता विकास ढूंगाना, जिल्ला अदालतका ऋषीराम पौडेल लगाएतले कार्य योजनाका विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्य योजनामा ग्रामीण तथा लक्षित समुदाय वीच सचेतनामूलक कार्यक्रम सञ्चालनका विषयमा समेत छलफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कार्यक्रममा सहयाक प्रमुख जिल्ला अधिकारी ऋषीराम आचार्यले समेत कार्य योजनाका विषयमा आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्य योजना निर्माणका लागि भएको छलफल कार्यक्रमका सञलन भने प्रहरी निरिक्षक दिपक थापाले गरेका थिए ।

पर्वतको प्रहरी राजनैतिक आस्थाका आधारमा यस अघि पटक पटक विवादमा पर्दै आएपनि प्रहरी प्रमुख घिमिरे भने राजनैतिक रुपमा विवादमा परेका छैनन ।

जिल्ला प्रहरी प्रमुखको भूमिकामा आए देखि विशिष्ट किसिमको काम गर्न नसकेको आरोप लागेका घिमिरेले घटना घटे लगतै त्यसको नियन्त्रणमा भने तदारुकता देखाएका छन ।

राजनैतिक रुपमा विवादीत नबनेका उनले निश्पक्ष भएर घटनाहरुको नियन्त्रणमा देखाएको तदारुकताले अपराध जन्य गतिविधिहरु नियन्त्रण र अनुसन्धान प्रभावकारी हुने विश्वास गरिएको छ ।