उच्च अदालतको फैसला : बर्राचौरको वडा अध्यक्षमा एमालेका कुँवर विजयी

पर्वत १९ चैत । उच्च अदालत पोखरको बागलुङ इजलासले स्थानीय तहको निर्वाचनमा विहादी गाउँपालिका वडा न २ मा नेकपा एमालेको तर्फबाट निर्वाचित ओम कुँवरको पक्षमा फैसला सुनाएको छ ।

मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका गोबिन्द प्रसाद पाध्यायले हालेको मुद्धा उपर अन्तिम सुनुवाई गर्दै न्यायधिस हरीप्रसाद पौडेलको एकल इजलासले सोमबार कुँवरको पक्षमा फैसला सुनाएको हो ।

कुँवरले एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा कुल ४०७ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोविन्द पाध्यायले ४०१ मत प्राप्त गरेका थिए ।

मतान्तर ६ भएपछि पाध्यायले मतगणनामा धाँधली भएको भन्दै उच्च अदालतमा मतगणना पुनः हुनुपर्ने माग राख्दै मुद्धा दर्ता गरेका थिए ।

पाध्याको मुद्धा उपर सुनुवाई गर्दै झण्डै १ बर्ष पछाडी अदालतले मतगणना पुनः हुनुपर्ने कुनै कारण नभएको भन्दै कुँवर नै वडाअध्यक्षमा विजयी भएको अन्तिम फैसला सुनाएको छ ।

विजयी भएका कुँवरले भने यस अघि नै वडाअध्यक्षको सपथ ग्रहण गरी पदभार सम्हालीसकेका छन ।

  • prabhu-bank-sept26.gif