प्रदेश न ४ मा मन्त्रीपरिषद विस्तार, पर्वतका लम्साल वन, उद्योग तथा पर्यटन मन्त्रालयमा

१२ चैत, पर्वत । प्रदेश सभा सदस्य विकास लम्सालले वन उद्योग तथा पर्यटन मन्त्रीको जिम्मेवारी पाएका छन ।

सोमबार मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले लम्साललाई उक्त मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन ।

लम्सालले सोमबार नै पद तथा गोपिनीयताको सपथ खाएका छन ।

लम्साल पर्वत क्षेत्र न २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन ।

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङ नियुक्त भएका छन ।

उता, सामाजिक विकास मन्त्रीमा म्याग्दीकी नरदेवी पुन नियुक्त भइन ।

गुरुङ तनहुँबाट निर्वाचित प्रदेश सभा सदस्य हुन । उनले मुख्य मन्त्रीमा समेत आकाक्षा देखाएका थिए ।