पत्रकार तिवारीलाई ज्यान मार्ने धम्कि प्रति पत्रकार महासंघको ध्यानाकर्षण

१ चैत्र, पर्वत । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलाई ज्यान मार्ने धम्की आएको छ ।

पर्वतको भुकताङ्लेमा रहेको भुरुङ्दीखोलामा निर्माणाधिन मोटरेबल पुलको विषयमा लेखिएको समाचारको विषयलाई लिएर निर्माण व्यावसायी राजेन्द्र भण्डारीले ज्यान मार्ने धम्की दिएका हुन् ।

तिवारीले नागरीक दैनिकमा मोटरेबल पुल निर्माणकार्य अलपत्र शिर्षकको समाचार लेख्नुभएको थियो ।

सोहि समाचार किन लेखेको र कुन श्रोतवाट लेखेको भन्दै तिवारीलाई भण्डारीले बिहीवार दिउँसो ज्यान लिने धम्की दिएका हुन् ।

यसैबीच नेपाल पत्रकार महासंघ पर्वतले एक विज्ञप्ती जारी गरी फोनमा ज्यान लिने धम्की दिने निर्माण व्यावसायी भण्डारीलाई आवश्यक कारवाहि गर्न माग गरेको छ ।

समाचारमा चित्त नबुझेका कुरा भए सच्याउने ठाउँ हुँदाहुँदै फोन गरेर ज्यानै लिने धम्की दिनु गम्भीर विषय भएको भन्दै भण्डारीलाई पक्राउ गरी कारवाहि गर्न सुरक्षा निकायसँग माग गरेको हो ।

पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीद्धारा जारी गरिएको विज्ञप्तीमा अध्यक्ष तिवारीको जीवन रक्षाको माग समेत गरेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले समेत विज्ञप्ती प्रकाशित गरी उक्त घटानाप्रति निन्दा व्यक्त गरेको छ ।

महासंका महासचिब रमेश विष्टले एक विज्ञप्ती प्रकाशित गरि दोषीलाई कडा भन्दा कडा कारवाहि गर्न माग गरेको हो ।