पर्वतले पायो हालसम्मकै राज्यको उपल्लो पद, कुश्मामा दिप प्रज्वलन

१ चैत्र, पर्वत । जिल्लाले राज्यको अहिलेसम्मकै उपल्लो पद प्राप्त गरेको छ ।

नेकपा एमालेको तर्फबाट पोलिटब्यूरो सदस्य तथा प्रदेश सह संयोजक गणेश प्रसाद तिमिल्सीनाले राष्ट्रिय सभाको अध्यक्ष पद सम्हालेसंगै जिल्लाले अहिलेसम्मकै राज्यको उच्च पद प्राप्त गरेको हो ।

राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष पदमा तिमिल्सीना निर्विरोध निर्वाचित भएका हुन ।

जिल्लाले राज्यको सम्माननीय पद प्राप्त गरेको यो पहिलो पटक हो ।

अध्यक्ष तिमिल्सीनाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्दै औपचारिक पदभार ग्रहण गरेका छन ।

तिमिल्सीनाले सपथ ग्रहण गर्दै गर्दा उनको गृह जिल्ला पर्वतको कुश्मामा दिप प्रज्वलन गरिएको छ ।

नेकपा एमालेको पार्टी कार्यालय नजिकै रहेको मैत्री चोकमा एमाले र माओवादी निकट कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका थिए ।

जिल्लाबाट हालसम्मकै उच्च श्रेणीको पद प्राप्त गरेको भन्दै कार्यकर्ताहरुले दिप प्रज्वलन गर्दै खुशीयाली मनाएका हुन ।

  • prabhu-bank-sept26.gif