राष्ट्रिय सभा अध्यक्षमा तिमिल्सीना निर्विरोध

२९ फागुन, पर्वत । राष्ट्रिय सभा अध्यक्षमा गणेश प्रसाद तिमिल्सीना निर्विरोध चयन भएका छन ।

सोमबार भएको मनोनय दर्तामा तिमिल्सीनाको मात्रै उमेदवारी परेपछि उनी निर्विरोध भएका हुन ।

पर्वत जिल्लाबाट राजनैतिक जीवनको यात्रा शुरुवात गरेका उनी पर्वतको मोदी गाउँपालिका स्थित राम्जादेउरालीका हुन ।

हाल पोखरामा बसोवास रहेका तिमिल्सीना प्रदेश न ४ नेकपा एमालेका सह संयोजक हुन । पर्वत जिल्ला विकास समितिका सभापति समेतको भूमिका निर्वाह गरीसकेका तिमिल्सीनाले राजनीतिमा पर्वतको प्रतिनिधित्व गर्छन ।

२०७० सालको निर्वाचनमा पर्वतबाट संविधान सभाको निर्वाचनमा उमेदवार बनेका तिमिल्सीना प्रदेश न ४ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन ।

राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएसंगै तिमिल्सीनाले सभालाई सवैको अपनत्व हुने गरी साझा रुपमा सञ्चालन गर्ने बताएका छन ।