घर जलेपछि सापकोटा परिवारको विचल्ली

२७ फागुन, पर्वत । आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भएपछि जिल्लाको फलेवास नगरपालिका ३ शंकरपोखरीका एक परिवारको विचल्ली भएको छ ।

घर नजिकैको आगो एक्कासी घरमा सल्किएपछि स्थानीय लेखनाथ सापकोटाको घरमा आगो लागेको थियो ।

खरको छानो भएकाले घरमा लागेको आगो निभाउन नसकिएको स्थानीय कमल भुषाल बताउँछन । सापकोटा रोजगारीको शिलशिलामा भारतमा छन ।
उनको श्रीमती, दुई छोरी र एक छोरा उक्त घरमा वस्दै आएका थिए । अति विपन्न परिवारको आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भएपछि उनीहरुको विचल्ली परेको छ ।

‘अर्काको घरमा बास बस्नुपरेको छ’ सापकोटाकी श्रीमती देवी सापकोटा भन्छिन–‘एक सरो लुगा बाहेक सवै जलेको छ ।’

गहभरी आँशू झार्दै सापकोटाले भनिन–‘स्कूल पढ्दै आएका छोरीहरुको लुगाफाटा र किताव कपि समेत जलेर गए’

घर नजिकै धारा नभएकाले पनि आगो निभाउन समस्या परेको स्थानीयको भनाई छ । आगलागी भएको घर नजिककै अर्को घरमा भने आगो लाग्नबाट बचाउन स्थानीय सफल भएका थिए ।

स्थानीय भुषालले भने उनीहरको सहयोगको लागि हामीले हात फैलाएका छौं ।

हालसम्म फलेवास नगरपालिकाकाले घरपूर्ण क्षति भएको भन्दै २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

हामी गर्नसक्छौ भन्ने संस्थाले समेत फेसवुक मार्फत २० हजार बराबरको सामाग्री संकलन गरी हस्तान्तरण गरेको छ ।

स्थानीयहरुले दिएको कपडा र खाद्यन्न खाएर परिवारको दैनिकी चलेको छ । दुई छोरी मध्ये जेठि छोरी कक्षा १२ र कान्छि छोरी कक्षा ८ मा अध्ययनरत छिन ।

परिवारले दैनिक मजदुरी गरेर घर खर्च चलाउँदै आएका थिए ।

 

  • prabhu-bank-sept26.gif