कुश्मामा ५ दिने आधारभूत पत्रकारिता तालिम शुरु

२६ फागुन, पर्वत । पर्वतको कुश्मामा ५ दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ ।

नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयकोे आयोजना,एकिकृत समाज विकास नेपालको सह–आयोजना र पत्रकार महासंघ पर्वतको संयोजनमा तालिम सञ्चालन गरिएको हो ।

स्थानिय पत्रकारहरुलाई पत्रकारिताको आधारभुत जानकारी दिने उद्देश्यले तालिमको सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

तालिमको उद्घाटन कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गदै जोशीले पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले पत्रकारिता पेशालाई इमान्दार रुपमा अगडी बढाउन सिमन पत्रकारिताको थालनी गर्नुपर्ने बताउनु भयो ।

पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनियमितता रोक्न कार्यमा पनि उत्तिकै भूमिका रहेको उहाँको भनाई छ ।

जोशीले व्यतिगत भन्दा पनि समुदायलाई हित हुने काममा कलम चलाउन पत्रकारहरलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पंन्थीले जिल्लाको विकासमा पत्रकारहरुको अहम् भूमिका रहेको बताउँदै उक्त तालिमले पत्रकारिता पेशालाई मर्यादित र दक्ष बनाउन सहयोग पुग्ने धारण राख्नुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका निर्देशक सुमन ब्रजाचार्य,पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष तथा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, एकिकृत समाज विकास नेपालका केन्द्रिय निर्देशक दिपक कार्की लगायतले व्यत्तित्व विकास र क्षमता अभिबृद्धिले समाजलाई सकरात्मक परिवर्तन ल्याउन तालिमले थप सहयोग पुग्ने बताउनु भयो ।

तालिममा पर्वतका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी,पत्रकार तथा पत्रकारीता पेशामा रुची भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तालिममा पत्रकारिताको विकास, परिभाषा, समाचार लेखन, सूचना संकलन, सम्पदकिय लेखन अन्र्तवार्ता लिने तरिका, पत्रकारहरुको गुण लगायतका भित्ते पत्रिका प्रकाशनका विषयमा तालिम दिइने छ ।

पाँच दिनसम्म सञ्चालन हुने तालिमको मुख्य पशिक्षक तोया गौत्तम रहनुभएको छ ।

पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरी र कार्यक्रमको सञ्चालन पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले गर्नुभएको थियो ।

आजवाट शुरु भएको तालिम २९ गतेसम्म सञ्चालन हुने जनाईएको छ । – साजन परियार

  • prabhu-bank-sept26.gif