राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा, तिमिल्सिना अध्यक्ष बन्ने पक्कापक्की

१२ फागुन, पर्वत । राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेसँगै को बन्छ भनेर बहस शुरु भएको छ ।

यसअघि माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभाको अध्यक्ष बन्ने चर्चा थियो ।

तर, एमाले–माओवादीबीच भएको सहमती अनुसार राष्ट्रियसभाको अध्यक्षसहित राष्ट्रपति र उपसभामुख एमालेको भागमा परेको छ ।

यद्यपी, माओवादीकै भागमा परेको भएपनि बादल पार्टीको नेतृत्व गर्दै सरकारमा जान इच्छुक थिए, उनको ठाउँमा अरुले नै मौका पाउने थिए ।

एमालेको भागमा परेपछि अब को बन्दैछ त राष्ट्रियसभाको अध्यक्ष ? स्रोतले दिएको जानकारी अनुसार प्रदेश नम्बर ४ बाट निर्वा्चित पर्वतका गणेश तिमिल्सिनाको सम्भावना एकदमै बलियो छ ।

उनी राष्ट्रियसभा निर्वा्चित एमालेका सांसदहरुध्ये ‘सिनियिर’ मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीको एकदमै निकटका पनि मानिन्छन् ।

पार्टीको पोलिटब्युरो सदस्य एवं ४ नम्बर प्रदेश सहसंयोजक समेत रहेका तिमिल्सिना राष्ट्रियसभा अध्यक्षको बलियो दावेदार हुन् ।

प्रदेशमै सिनियर नेताहरुको लिस्टमा रहेका तिमिल्सीनाले आफूलाई पार्टीले दिने सवै खालका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने पर्वत न्यूजसंग दावी गरे ।

यस अघि प्रदेश न ४ बाटै मन्त्रीको शसक्त दावेदार मानिएका तिमिल्सीनाले मन्त्री वा राष्ट्रिय सभा अध्यक्ष दुई मध्ये एक दिनुपर्ने पार्टी नेतृत्वमा समेत छलफल शुरु भएको एमाले श्रोत बताउँछ ।