मोदीखोलामा ७ विद्युत आयोजना, २६ अर्व लगानी

९ फागुन, पर्वत । कास्की र पर्वतको सिमा हुँदै बगेको मोदी खोलामा ७ वटा जलविद्युत आयोजना बन्ने भएका छन ।

छोटो दुरीको खोलामा यति धेरै जलविद्युत आयोजना बन्न लागेको नेपालकै पहिलो हो ।

हालसम्म मोदीमा २ आयोजना निर्माण भईसकेका छन ।

अन्य दुई निर्माणधिन छन भने ३ आयोजना निर्माणको प्रक्रियामा छन ।

२०४५ सालमा ट्रयाक खुलेको पोखरा बागलुङ राजमार्ग सञ्चालमा आएसंगै मोदीखोलामा जलविद्युत आयेजना निर्माणको बाटो खुलको हो ।

२०५२ साल देखि विद्युत प्राधिकरणले निर्माण शुरु गरकोे १४ दशमलब ८ मेगाहवाट मोदीखोला जलविद्युत आयेजनाले २०५७ साल देखि उत्पदन शुरु गरेको थियो ।

त्यसैगरी २०६९ मा युनजाइटेड मोदी हाइड्रोपावर कम्पनीले मोदी १ आयोजनाबाट १० मेगावाट विद्युत उत्पदन गरीरहेको छ ।

अहिले मनाङ ट्रेड लिंकको २० मेगाहवाट तल्लमो मोदी खोला र चौधरी गू्रपको १५ दशमलब १ मेगावाटको मध्यमोदी आयोजना निर्माणधिन छ । आजको धौलागिरी सञ्चार साप्ताहिकमा खबर ।