केपी ओली प्रधानमन्त्री बनेकोमा पर्वतमा दिपावली

३ माघ, पर्वत  । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीको नेतृत्वमा बामपन्थीहरुको सरकार बनेको खुसीयालीमा पर्वतमा दिपावली गरिएको छ ।

नेकपा(एमाले) र नेकपा माओबादी केन्द्र निकटका युवा बिद्यार्थीले खुसीयालीमा दिपावली गरेका हुन । नेकपा(एमाले)का जिल्ला कार्यालयमा सुर्य र हसियाँ हथौडा चिन्ह बनाई मैनबत्ती बालिएको थियो भने मिठाई बितरण गरेर खुसीसाटीएको थियो ।

दिपावली कार्यक्रममा बोल्दै नेकपा(एमाले) पर्वतका कार्यबहाक अध्यक्ष भक्त कुवँरले नेपालको इतिहासमा आजको दिन ऐतिहासिक दिन भएको बताउँदै निर्वाचन जितेर बामपन्थीहरुले पुर्ण बहुमतको सरकार बनाएर बिश्वलाई चकित बनाई दिएका छन भने ।

उनले यो सरकारले राजतैतिक स्थिरता र सम्बृद्धि दिन सक्नुपर्नेमा जोड पनि दिए । माओबादी केन्द्रका नेता ढाकाराम गौतमले छिट्टै पार्टी एकता गरि देशमा परिर्वतनको अनुभूति दिलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा

युवा संघ नेपालका केन्द्रिय सचिबालय सदस्य शिब पौडेल र माओबादी केन्द्र कुस्मा नगर इन्र्चाज शंकर गिरीले पनि आफ्ना धारणा राखेका थिए ।

  • prabhu-bank-sept26.gif