पर्वतमा नबौ चरणमा हात्तिपाईलेको औषधी खुवाईदै

१ फागुन, पर्वत । हात्तिपाईले रोग निवारणका लागि पर्वतमा नबौ चरणमा औषधी खुवाईने भएको छ । विगत वर्षमा जसरी पर्वत जिल्लाका सात वटै स्थानिय तहमा यो अभियान संचालन हुने भएको हो ।

हात्तिपाईले (फाइलेरीया ) रोग सरुवा रोग हो । यो रोग मसिनो धागो आकारको उच्चेरीया वाक्रोफट्टी नामक फाईलेरीया पराजीवी वाट लाग्दछ ।

यो पराजिवि एक व्यक्ति वाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाई वाट सर्दछ । सर्व साधारणले हात्तिपाईले रोग भनेर वुभने भएकाले
हात्तिपाईले रोग भनिएको हो ।

नेपालले सन् २०२० मा हात्तिपाईले रोगलाई उन्मूलन गर्ने गरि विश्व स्वास्थ्य संगठनमा जनाएको प्रतिवद्धता अनूरुप यो अभियान हरेक वर्ष संचालन गरिदै आएको छ ।

नेपालमा सन् २००३ देखी यो अभियान संचालन भएको हो । नेपालका ६१ जिल्लामा संचालन भएको यस अभियानको पर्वत जिल्लामा ९ औ पटक हुने भएको छ । नेपालको कूल जनसंख्याको १३ प्रतिशत जनता अहिले पनि हात्तिपाईले रोग वाट प्रभावित भएका छन् ।

फागुन १२, १३ र १४ गते गरि ३ दिन पश्चिमान्चल लगायतका २१ जिल्लामा अभियान संचालन हूदैछ ।

स्वास्थ्यको जनगणना अनूसार पर्वत जिल्लाको कूल १ लाख ४८ हजार २ सय ३७ जनसंख्यामा गर्भवती, दिर्घरोगी लगायतका व्यक्तिहरुलाई औषधी खुवाउन नमिल्ने भएकाले १ लाख ३७ हजार जतिलाई हात्तिपाईले विरुद्धको औषधी खुवाउने कूरा जिल्ला स्वास्थ्य कार्यालयको तारगेट रहेको छ ।

हात्तिपाईले विरुद्धको औषधी गर्भवती तथा एकहप्ता सम्मको सूत्केरी आमाहरु, सिकिस्त विरामीहरु, छारे रोगका विरामीहरु, दुईवर्ष नपूगेका केटाकेटीहरु र कडा तथा दिर्घ रोगीहरुले यो औषधी सेवन गर्न नहुने जनाएको छ ।

अभियानमा सवै सरोकारवाला नागरिक समाज, संचारकर्मी, सूरक्षाकर्मी कर्मचारी विद्यार्थी सवैलाई सहयोग गर्न सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले अनुरोध गरे ।

तीन दिन सम्म संचालन हुने अभियानमा पर्वत जिल्लामा १ हजार ५० स्वयमसेवी भोलन्टीयरलाई तालिम दिएर परिचालन गर्ने, स्वास्थ्य स्वयम सेवीका देखि स्वास्थ्य संस्थाका सवै कर्मचारी परिचालन गरिने जानकारी दिए ।

  • prabhu-bank-sept26.gif