पर्वतको बाच्छामा सप्ताहब्यापी शिवरात्री मेला शुरु

१ फागुन, पर्वत । जिल्लाको विहादी गाउँपालिका स्थित बाच्छामा सप्ताहब्यापी सांस्कृतिक मेला तथा खेलुकद प्रतियोगीता शुरु भएको छ ।

स्थानीय न्यू सहारा यूवा क्लबले आयोजना गरेको उक्त मेलाको एक कार्यक्रमका वीच सोमबार प्रतिनिधि सभा सदस्य पदम गिरीले उद्घाटन गरे ।

मेलाको उद्घाटन गर्दै सांसद गिरीले मूलुकले राजनैतिक स्थिरता र स्थायित्व खोजेको भन्दै आगामी बामगठबन्धनको सरकारले ति सवै कार्य भार पुरा गर्ने दावी गरे ।

सुखी नेपाली हाम्रो अभियान भन्ने मूल उद्घोषका साथ आगामी ५ बर्ष गठबन्धनको केन्द्रिय सरकारले भूमिका निर्वाह गर्ने भन्दै गिरीले देश अव आर्थिक प्रगतिको बाटोमा हिड्ने दावी गरे ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटिका आर्थिक विभाग सदस्य महेश शर्मा लामिछाने, युवा नेता देवेन्द्रराज पाण्डे, स्थानीय ओम क्षेत्री लगाएतले मेलामा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष मिराज कोइरालाको अध्यक्षतामा वैगुष्ठ क्षेत्री स्वागत गरेका थिए ।

  • prabhu-bank-sept26.gif