कालीगण्डकी लोकमार्ग नै कालीगण्डकी करिडोर हो

१४ माघ,पर्वत। कालीगण्डकी नदीलाई आधार मानेर उत्तरी चिन देखि दक्षिणी भारत जोड्ने गरी राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको प्रारम्भिक सर्वेक्षण पर्वत खण्डबाट भएको थियो ।

दुरीको हिसाबले छोटो र कम खर्चिलो हुने गरी निर्माण गर्न सकिने सडकको सर्वेक्षण लगाएतका कामहरु अगाडि बढेर बजेट विनियोजनको प्रक्रियामा गएपछि भने उक्त आयोजनालाई गल्मी हुँदै बागलुङ खण्डमा सारियो ।

राष्ट्रिय गौरबको आयोजना भएकाले राष्ट्रिय महत्वका साथ भारी बजेट विनियोजन गरी उक्त सडकको ट्रयाक्क खन्ने कार्यको जिम्मा नेपाली सेनलाई दिइयो ।

उता, पर्वत खण्डमा भएको सर्वे अन्तर्गत यो खण्डलाई कालीगण्डकी लोकमार्गको नाउँमा बजेट विनियोजन भयो । आजको अर्थ वीट साप्ताहिकमा खबर छ । 

 

  • prabhu-bank-sept26.gif