अवैध शिशु जन्माएर हत्या गरेका देवर भाउजुलाई २० बर्ष कैद

१३ माघ, पर्वत । बैदेशिक रोजगारका शिलशिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अबैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजुलाई पर्वत जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।

०७३ कार्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस ६ हाल फलेवास नगरपालिका ९ कुर्घाकी मिना क्षेत्रीले आफ्नै देवर नाता पर्ने विजयराज क्षेत्रीसँगको अबैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।

सोही मुद्धा उपर लामो समयको अनुसन्धान पश्चात् ०७४ माघ ११ गते पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश ध्रवप्रसाद सापकोटाको इजलासले दुवैलाई जेल सजाय हुने गरी फैसला गरेको हो ।

मूलूकी ऐन ज्यान सम्बन्धि महलको १३ (३) बमोजिम अभियोग ठहरिएपछि शिशु हत्या गर्ने मिना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र विजयराजलाई २० बर्ष जन्म जेलको फैसला गरेको हो ।

३१ वर्षीय मिना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवर भाउजु हुन् ।