कुश्मामा सिसिक्यामरा जडित कृषि फार्म, सञ्चालकले बार्षिक ४५ लाख कमाउँछन

७ माघ, पर्वत । कुश्मा बजारबाट ७ किलोमिटर पश्चिममा एउटा कृषि फार्म छ । कुश्मा–पोखरा राजमार्गको छेवमै रहेको कृषि फार्म १५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

फार्मका सञ्चालक यस अघि राजनीतिमा सक्रिय थिए । राजनीतिसंगै सदरमुकाम कुश्मामा ब्यवसाय सञ्चालन गरेका उनले २ बर्ष अघि देखि कृषि फार्म सञ्चालन गरेका हुन ।

उनी हुन लालबहादुर हरीजन । कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ र वडा न ८ चुवाको सिमानामा रहेको आम्बोट बस्ति नजिक उनले फार्म सञ्चालन गरेका छन ।

असला माछाले प्रसिद्ध आम्बोट बजारमा रहेको फार्मको प्रवेशद्धारमा हरीजनको कार्यकक्ष छ । कार्यकक्ष सुविधा सम्पन्न छ । घुम्ने कुर्चि नजिकै ल्यावटव र कम्युटर छन । घुम्ने वेञ्च अगाडि सिसिक्यामरले फार्म भित्र कैद गरेका दृश्यहरु देखिन्छन । फार्मको सुरक्षा र २४ सै घण्टा निगरानी सिसिक्यामराले गर्छ ।

फार्ममा सिसिक्यामरा जडान गर्ने धौलागिरी क्षेत्रकै पहिलो फार्म हो । त्यहाँ पुग्नेहरुलाई आराम गर्न उनले कटेज आकारमा गोलघर पनि निर्माण गरेका छन । कृषि प्रविधिका बारेमा जान्न इन्छा गर्नेहरुलाई उनले वेलिविस्तारमा आफ्नो कृषि कर्मको बारेमा खुलेरै जानकारी गराउँछन । कार्यकक्ष अगाडि एउटा टनेल छ ।

त्यहाँ विरुवा उनले उत्पादन गर्छन । कार्यकक्षको पछाडी भागमा करिब १३ रोपनी क्षेत्रमा विशाल फार्म छ । गेटबाट छिरेपछि लेयर्स कुखुराको फाम देखिन्छ ।

अगाडि बढेपछि कुखुरा र हाँस पालेको फाम छ । कुखुरा र हाँसको उनले पोखरी माथि बनाएको आधुनिक जाली युक्त खोरमा पालेका छन । कुखुराको हाँसको मलमुत्र पोखरीमा खस्छ । पोखरीमा उनले माछा पोखरी बनाएका छन ।

माछा पोखरीमा मलमुत्र माछाको आहार बन्नेछ । माछा पोखरी ५ वटा छन । टनेल बाहिरको खाली जमिनमा उनले बन्दा र काउली लगाएका छन ।
झण्डै दर्जन वटा टनेल निर्माण गरेका उनले ‘हाइड्रोपोनिक प्रविधि मार्फत तरकारी उत्पादन गरेका छन ।

टनेललाई विशेष प्रकारको बार लगाइएको छ । दुई वटा ढोका पारेर गरेर पुगीने आधुनिक एउटा टनेल भित्र पाइपको माध्यमबाट सवै खालका विरुवालाई चाहिने पौष्टिक तत्वहरु प्रदान गरिन्छ ।

विहान उठे पछि हातमा पञ्जा लगाएर आफै बारी आफै श्रम गर्ने हरीजनको फार्म विदेशीहरुले अप्नाएको सुविधा सम्पन्न आधुनिक फार्म हो । प्राकृतिक विपद र जैविक आपत्ति नआओस भने उनले सवै खेती टनेल भित्र गरेका छन । ‘सिंचाईको सुविधा भएको र उर्वर जमिन भएकाले उत्पादनमा समस्या छैन’ उनी भन्छन–‘बार्षिक ४५ लाखसम्म आम्दानी भएको छ ।’

उनले जैविक प्रणालीबाट तरकारी खेती गर्दै आका छन । टनेलमा बाह्रैमास गोलभेँडा खेती, मौसम अनुसारका तरकारी, माछापालन, केराखेती र कुखुरापालन व्यावसायवाट हरिजनले उक्त आम्दानी गरेकोे बताए ।

उनले भने ‘यसबाट सोचे अनुसारको फाइदा लिन सकेको छु’ ।

फार्ममा गोलभेंडासँगै काँक्रा, घिरौंला, बोडी, सिमी, भिण्डी, खुर्सानी, साग, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन । उनले एउटै गोलभेँडाको बोटबाट २० किलोसम्म उत्पादन गर्ने गरेको बताए ।
आजको अर्थ वीट साप्ताहिकमा खबर छ ।