कुश्मामा राष्ट्रिय महिला भलिबल प्रतियोगीता हुने

१ माघ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका स्थित बान्द्रेवीडि चौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगीता हुने भएको हो । फागुनको दोस्रो सातादेखि दशौ महिला महोत्सवको अवसरमा महिला भलिबल प्रतियोगीता हुने भएको हो ।

१०८ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर रेडियो दिदीबहिनीले फागुन १६ देखि २६ गतेसम्म आयोजना गरेको महोत्सवमा महिला भलिब प्रतियोगीता हुने भएको हो ।

प्रतियोगीताका लागि राष्ट्रिय स्तरका खेलाडीहरु फागुनको दोस्रो हप्ता पर्वत आउनेछन । रेडियोकी अध्यक्ष कल्पना चापागाईका अनुसार प्रतियोगीताको प्रथम पुरस्कार १ लाख, दोस्रो पुरस्कार ६० हजार र तेस्रो पुरस्कार ४० हजार रुपैंया राखिएको छ ।

प्रतियोगीतामा सवै राष्ट्रिय क्लबहरुको सहभागीता रहने चापागाईले जानकारी दिइन । महोत्सवमा सांस्कृतिक कार्यक्रम देखि महिला रेडियो स्टेशन प्रमुखहरुलाई सम्मान गर्ने समेत कार्यक्रमको आयोजना गरिएको चापागाईले जानकारी दिईन ।