पर्वतमा वेपत्ता हुनेको संख्या बढ्दै, कुश्माकी लक्ष्मी अझै फेला परिनन्

१४ भदौ, पर्वत । पछिल्ला बर्षहरुमा पर्वतमा वेपत्ता हुनेहरुको संख्या बढिरहेको छ । घरायसी र आर्थिक समस्याका कारण घर छाडेर जानेको संख्या बढिरहेको पर्वतमा पछिल्लो पल्ट वेपत्ता भएकी कुश्मा नगरपालिका वडा न ६ की एक महिला अझै फेला परेकी छैनन । घरायसी समस्या देखाउँदै ३६ बर्षिया लक्ष्मी गिरी वेपत्ता भएकी हुन ।

उनी गत भदौ २ गते देखि परिवारको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरायसी समस्या देखाउँदै वेपत्ता भएकी उनले हिसावकिताव मिलेपछि आफू घर फर्कने नोट लेखेर वेपत्ता भएको परिवार श्रोतले जनाएको छ । आर्थिक कारोबार मिलेकाले छिट्टै घर फर्कन परिवार सदस्यहरुले सामाजिक सञ्जाल मार्फत आब्हान गरिरहेका छन ।

परिवार र प्रहरीले गिरीको खोजी गरिरहेपनि हालसम्म पनि उनको पत्ता लाग्न नसकेको बताईन्छ । गिरीको पत्ता लगाउनेलाई परिवारले उचित पुरस्कार सहित सम्मान गर्ने गरी खोजी कार्य अगाडि बढाईरहेको छ ।