३ स्थानीय तहमा एमाले, २ मा कांग्रेस विजयी, ५२ वडा मध्ये ३२ एमाले, १७ कांग्रेस र ३ मा मओवादी विजयी (ताजा अपडेट सहित)

३ जेठ, पर्वत । घोषित ५ स्थानीय तह मध्ये पर्वतमा ३ मा एमाले, २ मा कांग्रेस विजयी भएको छ । ७ वटा स्थानीय तह रहेको पर्वतमा फलेवास नगरपालिका, महाशिला गाउँपालिका र बिहादी गाउँपािलकामा एमाले विजयी भएको हो भने, जलजला र पैय गाउँपािलकामा नेपाली कांग्रेस विजयी भएको छ । फलेवासमा एमालेका पदमपाणी शर्मा प्रमुखमा विजयी भएका छन भने उपप्रमुखमा एमालेकी मञ्जु अधिकारी विजयी भएकी हुन ।

यसैगरी महाशिला गाउँपालिको अध्यक्षमा एमालेका राजु पौडेल विजयी भएका छन भने उपाध्यक्षमा हिराकुमारी राना विजयी भएकी छिन । उता, विहादी गाउँपालिकामा भने एमालेका कमल भुषाल अध्यक्षमा विजयी भएका छन । यसैगरी उपाध्यक्षमा डम्मर कुमारी गुरुङ विजयी भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

जिल्लाको जलजला गाउँपालिकामा भने कांग्रेसका रामकृष्ण मल्ल र उपाध्यक्षमा सिमा गर्बुजा निर्वाचित भएकी छिन । उता, पैयू गाउँपालिकामा भने नेपाली कांग्रेसका खगेन्द्र तिवारी अध्यक्ष पदमा निर्वाचित भएका छन । उपाध्यक्ष पदमा भने कांग्रेसकी जसमति गुरुङ निर्वाचित भएकी छिन ।

जिल्ला निर्वाचन कार्यलयका अनुसार हालसम्म जिल्लाका ६१ वडा मध्ये ५२ वटा वडाको मतगणना सकिएकोछ । अन्तिम मतगणना अनुसार ३२ वडामा एमाले विजयी भईसकेको छ भने १७ वडामा कांग्रेस र ३ वटामा माओवादी विजयी भएको छ । हाल कुश्मा नगरपालिकाको वडा न १२, १३, १४ वडाको मतगणना बाँकी रहेको र मोदीगाउँपालिकामा ७ र ८ को मतगणना भईरहेको छ ।