घैण्टोको पानी सकिएपछी पर्वतको उरामका बासिन्दा समस्यामा

२४ चैत्र, पर्वत ।  गर्मीयाम सुरु भएसँगै पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नं. ६ मा खानेपानीको समस्या बढ्दै गएको छ । बर्षातमा घैटोमा सङकलन गरेको पानि माघ,फागुनमै सकिएपछी उक्त गाउँपालिकाको उराम भतेरपाटामा खानेपानीको चरम समस्या भएको हो ।

नजिकै पानीको मुहान नहुनुका साथै भएका एका दुई मुहान पनि सुक्न थालेपछी खानेपानीको समस्या भएको हो । बर्षायाममा घैटोमा सङकलन गरेको पानि हिउँदमा सकिएपछि स्थानीय करिब २ घण्टा टाढा रहेको कुवामा गएर पानी पिउन बाध्य छन् ।
नजिकै मुहान नहुदाँ र बर्खायाममा सङकलन गरेको पानि सकिन थालेपछि खानेपानीको समस्या भएको स्थानीय रामचन्द्र भुषालले बताउनुभयो । ‘खानेपानी नहुँदा पानीकै लागि २ घन्टा टाढा जानुपर्ने समस्या छ पानिको जोहो गर्दैमा समय जान्छ अन्य काम गर्न भ्याईदैन म किसानी मान्छे भुषालले गुनासो गर्नुभयो ।
उक्त ठाउँमा खानेपानीको अत्यानतै चरम समस्या छ । त्यहाँका बासिन्दा युगौ युग देखि बर्षातको समयमा घैण्टोमा पानि सङकलन गरि हिउँदको समयमा पिउने गरेका छन् । सुक्खायाम सुरु भएसँगै आफूहरुले २ घन्टाको पैदल दूरीबाट पानी ल्याउनुपरेको स्थानीयको गुनासो छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस