७ चैत्र, पर्वत । जिल्लामा कुल ९९ हजार ६ सय ७० जना मतदाता रहेका छन । जिल्ला निर्वाचन कार्यालय पर्वतले दिएको जानकारी अनुसार जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकामा कुल ९९ हजार ६ सय ७० जना मतदाता रहेका छन ।
कार्यालयले दिएको जानकारी अनुसार कुश्मा नगरपालिकामा कुल २५ हजार २ सय ४५ जना मतदाता रहेका छन । यसैगरी जलजला गाउँपालिकामा १३ हजार १ सय १६ जना रहेका छन ।
मोदी गाउँपालिकामा १५ हजार ७ सय र फलेवास नगरपालिकामा १९ हजार २ सय २४ जना मतदाता रहेका छन । यसैगरी विहादी गाउँपालिकामा ९ हजार २ सय ५४ जना, पैयूमा ९ हजार ८ सय ६६ र महाशिलामा ७ हजार २ सय ६५ जना मतदाता रहेका छन ।
हेर्नुहोस गाउँपालिका र नगरपालिका वडा अनुसारको कुल मतदाता संख्या
प्रतिकृया दिनुहोस्