पर्वतको नाङलीवाङ अव झिलिमिली हुने, गाउँमा ट्रान्सफर्मर थपिँदै

२ चैत्र, पर्वत । लामो समयसम्म कम क्षमताको बिद्युती आपूतिबाट कष्ट ब्यहोर्दै आएका पर्वतको जलजला गाउँपालिका नाङलीबाङका बासिन्दाले अव राहत पाउने भएका छन ।

खनीयाघाटमा रहेको ट्रान्सफर्मर मार्फत विद्युत आपूर्ति हुँदा विजुली मधुरो आउने र बेला बेलामा विद्युत आपूर्ति बन्द हुने समस्याबाट आजित नाङलीबाङबासीले अव गाउँमै ५० केभिए क्षमताको ट्रान्सफर्मर मार्फत विद्युत प्रयोग गर्न पाउने भएका छन ।

विद्युत आपूर्तिमा पटक पटक समस्या आएको भन्दै स्थानीयले विद्युत प्राधिकरणमा माग गरेपछि विद्युत प्राविधिकरण मार्फत उक्त ट्रान्सफर्मरको ब्यवस्थापन गरिएको हो । उक्त क्षेत्रमा ११ केभिको मेन लाइन समेतलाई जडान गर्ने गरी काम भईरहेको स्थानीय विकास जिसीले जानकारी दिए ।

आगामी १० दिन भित्रमा ५० केभिए क्षमताको ट्रान्सफर्मर मार्फत विद्युत सप्लाई हुनेछ । विद्युत सप्लाई पछि सहज आपूर्तिका साथै काष्ठउद्योग र राइस मिल सञ्चालनमा समेत स्थानीयलाई सहज हुनेछ ।

खनीयाघाटमा रहेको १०० केभिए ट्रान्सफर्मर दुरीको हिसाबले टाडा भएका कारण विद्युत आपूर्तिमा असहज हुँदै आएको नेपाल बिद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए ।

टाडाको ट्रान्सफर्मरले लोड धान्न नसक्ने भएका कारण गाउँमै ट्रान्सफर्मको ब्यवस्था गरिएको रेग्मीले जानकारी दिए । ट्रान्सफर्मको ब्यवस्थासंगै विद्युतको सवै समस्या समाधान हुने उनले विश्वास पनि ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस