पर्वतको फलेवास नगरपालिका सडक सञ्जालमा जोडिदै, खानीगाउँ–भंगरा–फलामखानी सडकको निर्माण कार्य शुरु

२८ फागुन, पर्वत । जिल्लाको दक्षिण क्षेत्रमा रहेको फलेवास नगरपालिकाको खानीगाउँ बाट भंगरा हुँदै फलामखानी जोड्ने सडकको निर्माण कार्य शुरु भएको छ ।

खानीगाउँ घोरे ढुङ्गा—बिरौटे—सिरुवारी भंगरा हुदैँ फलामखानी जोड्ने सडक खण्ड २२ लाख लागतमा निर्माण कार्य शुरुवात भएको हो । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतको उक्त सडकको निर्माण कार्य अगाडी बढाईएको पर्वत क्षेत्र न २ का सांसद विकास लम्सालका स्वकीय सचिव लोकेन्द्र शर्माले जानकारी दिए ।

उक्त सडक लाई फलेवास, लिमिठाना, ठानामौला, भंगरा हुदै फलमखानी लाई जोड्ने छोटो दुरीको सडकको रुपमा हेरिएको छ ।   बिभिन्न गाउँपालिकको वडाहरुमा जोड्ने १८ कि. सडक खण्डको काम २०७४ असार सम्ममा सम्पन्न गर्ने लक्ष्य लिईएको छ । गाउँका कृषि उपज बजारीकरण गर्न तथा जनता लाई छिटो र छरितो रुपमा यातायातको सेवा प्रदान गर्न उक्त सडक खण्डको काम अगाडी बढाईएको सडक निर्माण समितिका कामु अध्यक्ष लक्ष्मीदक्त भुषालले जानकारी दिए । उनले समयमै सडक निमार्ण गर्ने प्रतिबद्धता जाहेर समेत गरे । –माधब पराजुली

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस