१५ लाखको लागतमा क्याङमा प्याराफिट निर्माण

२७ माघ, पर्वत । पर्वतको क्याङ गाविस वडा न ६ मा १५ लाखको लागतमा खेल मैदानमा प्याराफिट निर्माण भएको छ । भलिबल र बास्केटबल खेल हुने मैदानमा प्याराफिट स्थानीय र प्रवासीको सहयोगमा निर्माण भएको हो ।
प्याराफिटको खेलकुद विकास समितिका अध्यक्ष तथा एमाले पर्वतका सचिवालय सदस्य प्रेम गुरुङले एक कार्यक्रमका वीच उद्घाटन गरेका छन ।

प्यारापिट निर्माणका लागि बेल्जियम बस्ने किरण पुन, यामबहादुर पुन, गुमबहादुर पुन(सुबेदार),हङ्गकङ्ग बस्ने हेमबहादुर पुन लगायतले आर्थिक सहयोग गरेका छन । नियमित जसो खेलकुद प्रतियोगीताहरु सञ्चालन हुँदै आएका उक्त मैदानमा प्याराफिटको अभावमा दशर्कहरुलाई असहज भएपछि स्थानीय युवाहरुले प्याराफिट निर्माणको लागि अभियान सञ्चालन गरेका थिए । उक्त कार्यका लागि स्थानीयबासी र प्रवासीहरुले सहयोग गरेका हुन । प्याराफिट निर्माण पछि दशर्कहरुलाई खेल हेर्न सहज हुने भएको छ । यसैगरी प्रवासमा रहँदै आएका स्थानिय किरण पुनले बाजुङ्ग आधारभूत प्राथमिक बिद्यालयलाई ४ रोपनी जग्गा दान गरेका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस