पर्वत महोत्सवको आठौं दिन, दशर्कको भिड बढ्दै, आज नवौं दिन प्रमोद खरेलको प्रस्तूती

२१ माघ, पर्वत । माघ १३ गतेबाट शुरु भएको पाँचौ पर्वत महोत्सवले आठौं दिन ब्यतित गरीसकेको छ । पर्यटन र जिल्लाको ब्यापार प्रवद्र्धनमा लक्षित पाँचौ पर्वत महोत्सवको हालसम्म झण्डै ५० हजार बढि दशर्कले अवलोकन गरीसकेका छन ।

महोत्सवको दोस्रो दिन परेको झरीका कारण खस्केको महोत्सवको रौनक त्यसको भोलीपल्टबाट भने तातेको छ । महोत्सवमा १ सय ७० स्टलमा ब्यापार प्रवद्र्धनका सामाग्री राखिएका छन । अस्ट्रीज चरा र कालीगण्डकी नदीमा ¥याफटिङ यस पटकको विशेष आकर्षण रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा झण्डै दुई दर्जन भन्दा बढि कलाकारहरुको प्रस्तुती सकिएको छ । महोत्सवको आठौं दिनसम्म आइपुग्दा झण्डै १ करोड बराबरको कारोबार भएको महोत्सव आयोजक समितिका सदस्य सचिव तथा पर्वत उद्योग बाणिज्य संघका महासचिव ठाकुर वि. पौडेलले बताए । महोत्सवका स्टलमा सवै खालका सामाग्रीहरु पाइने भएका कारण किनमेल गर्नेको संख्या पनि उल्लेख्य रहेको महासचिव पौडेलले बताए ।

‘आयोजकले अपेक्षा गरेकै हारहारीमा टिकट विक्री भएको छ’ महासचिव पौडेल भन्छन–‘बाँकी दुई दिन अझै दशर्क बढ्नेछन ।’ महोत्सवका नवौं दिन प्रमोद खरेल लगाएतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । पर्वतमा रहेका झोलुंगे पुल र गुफाहरुको थप प्रचार प्रसार र प्रवद्र्धन गर्नका लागि महोत्सव सफल हुने आयोजकले विश्वास लिएको छ । प्रत्येक ३ बर्षमा हुने पर्वत महोत्सव अवलोकन गर्नका लागि बागलुङ, म्याग्दी, कास्की र स्याङजाबाट समेत दशर्कहरु आएका छन ।
पर्वत महोत्सव स्थलमा यस पटक फ्रि वाइफाइको ब्यवस्था गरिएको छ भने नेपाल टेलिकमले निःशुल्क सिम वितरण गरिरहेको छ । यसैगरी एनआइसि एसिया वैंकले ६० रुपैंया बराबरको टिकट शुल्क खातामा जम्मा हुनेगरी निशुल्क खाता खोल्ने अवसर पनि दिएको छ । महोत्सव स्थलमा ४० बढि लघु उद्यमीका स्टलहरु छन भने, ब्यापार प्रवद्र्धनका लागि अटो सामाग्री, फेन्सीका सामाग्री र फोटो प्रदर्शनी पनि राखिएको छ ।

विगतका महोत्सवहरुमा गरिने फजु
ल खर्च घटाएको आयोजकको दाबी छ । ‘कलाकार ब्यवस्थापन देखि प्रचार प्रसारमा अनावश्यक खर्च कम गरेका छौं’ मुल संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरीओम लामिछाने भन्छन–‘कम खर्च गरेर अधिकतम वचत गर्ने लक्ष्य छ ।’ महोत्सव शुरु नहुँदै झण्डै ६० लाख बराबरको आम्दानी भएको महोत्सवमा टिकट बिक्री र अन्य आम्दानी समेत गरी झण्डै १ करोड बराबरको आम्दानी हुन अनुमान गरिएको छ । महोत्सवबाट वचत भएको रकमले पर्वत जिल्लामा सिटि हल र खेल मैदान निर्माण गरिने अध्यक्ष लामिछानेले बताए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस