‘समृद्व पैंयूँको युगौको सपना साकार पार्नुछ’-महेन्द्र श्रेष्ठ

महेन्द्र श्रेष्ठ, अध्यक्ष, प्रवासी नेपाली मञ्च,

जापान प्रवासी नेपाली मञ्च जापानको अध्यक्षमा निर्वाचित हुनुभएको छ , त्यहांका एमालेमा आस्थावान नेपालीले तपाई नेता मान्न किन तयार भए भन्ने लाग्छ ?

प्रवासी नेपाली मंच (नेकपा एमाले) जापानमा मलाई निर्विरोध निर्वाचित गर्नुनै सर्वसम्मत नेता मान्नु हो । जहाँसम्म तपाईको प्रश्न छ किन ? कसैलाई पनि निर्वाचित गर्ने नगर्ने भन्ने उम्मेदवारको विगतको गतिशिलता, इमान्दारिता, लगनशिलतालाई हेरेरै गर्ने हो । मलाई लाग्छ म जापानवासी एमालेका साथीहरुले लिनुभएको अग्निपरिक्षामा सफल भए । अर्थात मैले उहांहरुको मन जित्न सफल भए । मन जिते । मन राम्रै काम गरेर मात्र जित्न सकिन्छ । फलत जापानको इतिहासमा पहिलो पटक यो राष्ट्रिय कमिटीमा छुट्टै उर्जाको संचार भएको छ ।

पर्वतको राजनीतिमा रुचि राख्दै गर्दा तपाई फेरी प्रवास कमिटि जापानको अध्यक्ष हुनुभयो, त्यही कमिटिमा रहेर अगाडि बढनुहुन्छ या आफ्नो देश, आफ्नो जिल्ला अनि आफ्नो गाउँठाउंको राजनीतिमा दिलचप्सी राख्नुहुन्छ अव ?

निश्चित रूपमा मलाई र त्यो समाजलाई एक इमान्दार, निष्ठावान र विकासप्रेमी नेताको खाँचों छ जसको नेतृत्व म र मेरो टिमले मात्र गर्न सक्छ भन्ने दावी म गर्न सक्छु । अव त्यसको आधारको कुरा गर्नुहुन्छ भने आधारको प्रमाणित त म मेरो जन्मेको ठाऊँको एमालेको पोजिसनलाई हेर्नुभयो भने स्वत स्पष्ट हुन्छ । त्यहि रहेर जनताको माझमा नेकपा एमालेको संगठन र त्यो क्षेत्रको विकाससंगै अगाडि बढाउदै गर्दा जापान जस्तो मुलुकमा चलायमान रहेको राष्ट्रिय कमिटीको नेतृत्व गर्न अनुरोध गरियो र म त्यो क्षमता राख्ने हैसियतको भएकोले केहि समयको लागी यहाँको नेतृत्व सम्हाल्न आउनुपर्यो । अहिले नेकपा एमाले जापान देखिने, चिनिने र बुझिने गरि एकीकृत ढंगले अगाडि बढेको छ । अब केहि दिनमा यहाँको यस अभियानलाई व्यवस्थित गरेर आफुं जन्मेको भूगौलमै फर्केर मेरो सम्पूर्ण जिवन त्यहिको विकास र जनताको जिवनस्तर उकास्न खर्चने छु ।

चुनाव कहिले होला , त्यो आफ्नै ठाउंमा छ तर तपाईलाई विशेषत पर्वतको सुदुर दक्षिणको पैयूं गाउपालिकाको आगामी निर्वाचनमा एमालेको उम्मेदवारका रुपमा पनि कताकति चर्चा गरिएको सुनिन्छ , तपाईको दावी हो त्यसमा ?

पर्वतको दक्षिण भेग अर्थात पैयुंक्षेत्र हरेक हिसावले पछाडि पर्नुको मुख्य कारण त्यस क्षेत्रवाट केन्द्रिय तहमा हस्तक्षेप गर्न सक्ने आक्रमक नेतृत्वको अभाव नै हो । निसन्देह म पनि हिजोको दिनमा त्यहि स्तरको राजनीति गर्थे तर आज समाजको चेतना फेरिएको छ । समाजसंगै मेरो राजनैतिक स्तर फेरिएको छ । म यसमा घमण्ड गरिरहेको छैन् । यथार्थ बोलिरहेको छुं । पहुँचको हिसाबले पनि केन्द्रसंग सिधा विकास माग्ने हैसियत राख्दछु । जायज माग केन्द्रसंग राख्दा अलटाल गरे रणनीतिक हिसावले चल्न पनि सिकेको छुं । अर्को कुरा, तपाईलाई अवगत नै छ होला, २०५४ को स्थानीय निर्वाचनमा थोरै मतले पराजित भएको हुं । विचमा म केहि प्राविधिक एवं व्यवहारिक कारणले प्रवासमा आएं , यसको अर्थ यो होइन, म जापानमा विल्कुल निरपेक्ष वसेँ, यहां वस्दा पनि मैले मेरो जन्मथलोमा केहि न केहि गरिनैरहें जसवाट आज पनि म मेरो क्षेत्रप्रतिको विकासमा, सुखदुखमा शिर ठाडो पारेर बोल्ने दम राख्छुं । मेरो क्षमता पनि त्यस क्षेत्रका सम्पूर्ण न्यायप्रेमी जनताले बुझिने गरि देख्न चाहानुहुन्छ । त्यस कारण मैले दावी गर्नु स्वाभाविक मात्र होइन अधिकार पनि हो । जुन इतिहासको विरुद्वमा हुनेछैन भन्ने मेरो बुझाई हो ।

यतिका वर्ष जापान वसेर अव भूगौलको राजनीति गर्दा जनताले विश्वास गर्लान र ?

मैले धेरै पटक धेरै ठाँउ मा भनेको छु कि मेरो राजनिती कार्य क्षेत्र केहि समयको लागी फेरियो र अलि टाढा भयो । यसको मतलब म त्यस क्षेत्रको बिकास संग अलग त कहिल्यै पनि भएको छैन । म केहि टाढा हुदा पनि मेरो त्यहाको जनतासंगको सम्बन्ध र आत्मीयता झन प्रगाढ़ र नजिक बन्यो जसलाई मैले गर्वका साथ महसुस गरेको छु । अनि जति कमाउन सकेको छु त्यो त्यहि हरेक क्रियाकलापमा खर्च गरेको छु । यो सबै जनतालाई स्पस्टसंग थाहा छ । त्यसकारण मलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन । म जति बेला टाढा थिए म त्यती बेला त्यहिका बुबााआमा ,दिदिबहिनी तथा दाजुभाइको विचार , भावना र सद्भाव अनि विस्वासको मायामा रमाउदै थिएँ । यि र यस्तै मेरा क्रियाकलाप जनताले विश्वास गर्ने बलिया तर्कयुक्त आधार हुन ।

अहिले राजनीति विशेषत ग्रामीण इलाकामा त्यो क्षेत्रको विकासको निश्चित खाकावाट भन्दा पनि पैसा छिरोलेर गरिने गरेको आरोप लाग्ने गरेको छ , तपाईसंग चाहि तपाईको जन्मथलोको विशेषत बन्दै गरेको पैंयू गाउंपालिकाको विकासका लागि के छ खाका ?

अत्यन्तै गम्भीर प्रश्न हो यो । विकासको कुरा गर्दा मानवविकासको इतिहाससंग जोडिएर आउछ । त्यसको लामो व्याख्या गर्न यहाँ सम्भव छैन तथापि चेतनासंग पनि यो जोडिएको हुन्छ । युरोप अमेरिका तिर १८ औ सताब्दीतिर राजनितीक लडाई सकेर आर्थिक प्रगति र विकास तिर लागे। पुर्वी एसिया दोस्रो विश्व युद्ध पछि युद्धस्तरमा विकासतिर लागे तर हामी अझै राजनीतिक क्रान्ति सकेको छैन भन्दै त्यतै लाग्यौं । नेपालको संविधान र कानुन २०७२ घोषणा भए पछि त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा संबिधान को धारा २७४ लाई ठाडै मिचेर जसरी संबिधान संसोधनको घृणित खेल खेलेर राष्ट्रि एकता, सद्भाव , भौगोलिक अखण्डता र राष्ट्रीय स्वाभिमान लाई खलबल पार्ने र देशमा निर्वाचन नगराई अस्थिरता बढाउने अनि विकासलाई अबरोध गर्ने यस्तो परिस्थितिमा पनि मैले संसारको विकसित मुलुक कसरी विकासमा फड्को मारे यसको अध्यन मात्र होइन त्यहा गएर देखेको , जानेको र भोगेको छु । त्यसकारण मैले मौकÞा पाए भने पैंयुखेलाको जनताले अहिले सम्म कल्पना पनि नगरेको विकास गर्ने मात्र होइन शिक्षा, स्वास्थ्य र रोजगारको स्थायी ग्यारेन्टी गरि फेरी कहिल्यै युवा विदेश जान नपर्ने गरि व्यवस्थापन गर्ने मेरो महत्वपुर्ण योजना छ जसलाई सफल गराउन जनताको साथ चाहिन्छ ।

अहिले पैंयूं गाउंपालिकाको जुन खाका प्रस्ताव गरिएको छ , सरसरती हेर्दा हुवास बाहेकका बाँकी ५ गाविस कांग्रेसको प्रभाव भएका गाविस मानिन्छन्, भनेपछि एमालेलाई पैयूं गाउँपालिकाको चुनाव फलामका च्यूरा हुने भयो होइन त ?

जुन भुगोलमा यो गाऊँपालिका बन्दैछ यो पुर्ण हुन सकेन किनकि यसको मुख्य दोषी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताको क्षणिक स्वार्थ एवं पदलुपता नै हो । यसले पनि नेकपा एमालेलाई जिम्मेवार बनाएको छ । निकास र विकास दुबै बन्द हुने गरि अथवा यसो भनौ शालिग्राम र होश्राङदी गाबिसलाई नेकपा एमालेको भोट बँैक ठानेर दीर्घकालीन महत्व राख्ने पर्यटकीय क्षेत्र र धार्मिक स्थल र करिडोर मार्गबाट अलग गराउने जुन पहल अहिले गठबन्धनमा रहेका पार्टीको जिम्मेवार नेताले गरे यसको जवाफ जनताले आगामी निर्वाचनमा दिने नै छन । यसले गर्दा तपाईले भने झै फलामे च्युरा होइन कि दहि र चिनीले भिजाएर दिएको चिउरा भएको छ । त्यसलाई कति खाने कसरी खाने त्यो खान जान्नेले जान्नु पर्यो । अर्कों महत्वपुर्ण योजना हुन पर्यो । त्यो तपाईले भनेझै खाका र योजना सहित सुदृढ संगठन, युवा र पाकाको होस र जोस अनि शिक्षित योजनाविद नेकपा एमालेसंग छ जसले यि सबै समस्याको समाधान संगै विकासमा तिब्र फडको मार्ने हैसियत राख्दछ । जसको कारण जनता हाम्रो साथमा छन नेकपा एमालेको भरोसामा छन अनि चुनाव कसको पक्षमा भन्ने प्रश्नको उत्तर त्यहि छ । क्लासिक खबरबाट 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस